काठमाडौँ । प्रेस काउन्सिल नेपालले आइतबार पत्रकारका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकाेा छ ।
आज आफ्नो ५३औँ वार्षिकोत्सवको अवसर पारेर सञ्चारग्रामस्थित काउन्सिलको प्रांगणमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेकाे हाे ।
बिहानैदेखि सुरुभएकाे साे शिविरमा अपराह्न सम्मपनि सेवा लिने पत्रकारकाे बाक्लाे उपस्थिति थियाे ।
मुख्य अधिकृत झविन्द्र भुसालका अनुसार फ्रन्ट लाइन बसेर कामगर्ने पत्रकारकाे स्वास्थ्य अवस्थाले राज्यमा निकै प्रभाव पार्ने भएकाले साे शिविरकाे आयाेजना गरिएकाे हाे ।
शिविरमा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको स्वास्थ्य विशेषज्ञको टोलीबाट जनरल मेडिसिन, स्त्री रोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग र बाल रोगको परीक्षण भएकाे थियाे ।
यसका साथै ल्याब, इसिजी, अल्ट्रासाउन्डसहितको सेवा उपलब्ध गरिएकाे मुख्य अधिकृत भुसालले बताए ।
शिविरका थप तस्बिरहरू: