काठमाडौँ । नमस्ते पेले दसैँ, तिहार तथा छठ पर्वलाई समेट्नेगरी फेस्टिभ क्यामपेन ल्याएको छ र यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरू विभिन्न सेवाहरू विभिन्न अफर पाउनेछन् ।
यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् ।
प्रयोगकर्ताहरूले जति धेरै ट्रान्जेक्सनस् गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १०० प्रतिशत क्यासब्याक पाउने मौका हुनेछ ।
अभियान अवधिको बीचमा कुनैपनि सेवाहरूको कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन् ।
त्यसैगरी, नमस्ते पेमार्फत युटिलिटि बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पेले तिरिदिने अफर रहेको छ ।
हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले रु १००० क्यासब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निस्शुल्क पाउनेछन् ।
दसैँ दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले १०० प्रतिशत क्यासब्याक पाउनेछन् ।
त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १०प्रतिशत क्यासब्याक वा अधिकतम १० रुपैयासम्म पाउनेछन् । प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ ।
साथै, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, हवाई टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न फ्ल्यास अफर प्रदान गर्नेछ ।
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, कृष्ण प्रसाद भण्डारीले सेवा पोर्टफोलियोलाई सुदृढ गर्दै, नमस्ते पे लाई बलियो र भरपर्दो डिजिटल भुक्तानी सेवा प्रदायक बनाउन कम्पनीले आफ्ना साझेदार र सरोकारवालाहरूसँग निरन्तर रुपमा काम गरिरहेको बताए ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।
आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।