१. उनी संसदमा प्रस्तुत हुँदै गर्दा सभामुखलाई आदरपुर्वक सम्बोधन गर्दथे ।
२. उनी समाज र देशको माटाेको सान्दर्भिकताको विषयलाई विशेष ध्यान दिन्थे ।
३. संविधानको मुल मर्मलाई बुझ्दै संविधानका धारा उपधारा , ऐन , कानुनको अध्यन गरेर वैधानिकताको बारेमा चर्चा गर्थे ।
४. मदनले देशको न्यायीक निकायको गरिमामा अप्ठ्यारो पर्ने खालका कुरा गर्दैन्थे ।
५. अदालतका न्यायाधीशहरुद्वारा स्थापित नजिरहरुका महत्वपूर्ण पाटाहरुको खण्डन गर्दथे ।
६. उनले सरकारमा प्रतिपक्ष हुँदै गर्दा पनि आफुलाई सशक्त ढंगले प्रस्तुत गर्दर्थे । देशको एक जिम्मेवार नेताको झल्को उनले दिन्थे ।
७. उनी टनकपुर परियोजना , नवलपरासी कावासोती हत्याकाण्डजस्ता घटनामा हदैसम्मको अध्यन गरेर बोल्थे । दुखमा शोक व्यक्त गर्न र सुखमा हास्न मज्जाले जान्दथे ।
८. उनी नैतिकताकै धरातलमा उभिएर प्रतिपक्षी दलका नेताहरु र उनीहरुले राष्ट्रिय सरोकारका विषयमा गरेका कमीकमजोरीलाई केलाउने ल्याकत राख्दथे ।
९. उनले अन्तर्राष्ट्रिय चासोका विषयमा , अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा र कुटनीतिका विषयमा आफ्ना विचार स्वतस्फूर्त रूपमा राख्दथे ।
१०. उनले देशमा रहेको निरङ्कुश निर्दलीय पञ्चायती शासन व्यवस्था , संबैधानिक राजतन्त्रका कमजोर पक्षका बारेमा बलियो ढंगले आफ्ना तर्क राख्दथे ।
आम जनता सचेत हुने , आशावादी हुने , एमालेमय समाज स्थापना गर्न सकिने आदि तथ्य उनका भाषणबाट बुझ्न सकिन्छ ।
११. उनी राष्ट्रिय स्वाधीनता , भौगोलिक अखण्डता , स्वतन्त्रता , स्वाभिमान , राष्ट्रिय एकता , जनताका अधिकार र सार्वभौमिकताजस्ता विषयमा अत्यन्तै सचेत एवं दृढ थिए । यसर्थमा सच्चा देशभक्त थिए ।
१२. उनी एक इमानदार , सच्चा राजनीतिज्ञ , जनताका नेता , सरल र साहसी थिए । उनमा कुनै कुरा उपर निर्णय लिने क्षमता थियो र उनी त्यो निर्णयमा अडान कायम गर्न सक्थे । यस्ता नेतालाई मेरो सलाम ! आज उनै सपुतको यादमा यी बुँदाहरु समर्पित छन् ।