भरतपुर-२५ चितवन, १६ भदौ :
भक्कानिन्छ मन आज रीत सबै बिर्सिगए,
संस्कृतिमा आगो लाग्यो खरानी पो बनाइ गए,
ताली पिट्दै मझेरीमा ,आगनीमा नाचेको खै,
बिदेशी त होइनौ तिमी,नाची देऊ न नेपाली भै !
गुन्यो चोली खै त तिम्रो,नाच हेर्दा लाज लाग्ने,
नेपालीपन खरानी भो,रुपरङ्ग अर्कै लाग्ने,
अनदिका खाजा खोइ त,दर खादा हुस्की पिउने,
ताली पिट्दै मझेरीमा, आगनीमा नाचेको खै,
बिदेशी त होइनौ तिमी,नाची देऊ न नेपाली भै !!
देखासिकी बढी गर्यौ ,मनको पीडा पोख चेली,
तिमी पनि आमा नै हौ,के भन्ने हुन सन्तान भोलि ,
दाग लाग्यो संस्कृतिमा रुन लागिन धर्तीमाता,
घरै बसी दर खाइदेऊ,सुनाउनु है मनका ब्यथा ,
ताली पिट्दै मझेरीमा ,आगनीमा नाचेको खै,
बिदेशी त होइनौ तिमी,नाची देऊ न नेपाली भै !!!
रत्यौली कि तीज भनि धर्तीमाता सोधिराछिन,
मन मुटु गाठो पारी भक्कानिदै रोइराछिन,
दर खादा हुस्की छोड अनदिका खाजा खाऊ है,
ताली पिट्दै मझेरीमा,आगनीमा नाचेको खै,
बिदेशी त होइनौ तिमी,नाची देऊ न नेपाली भै !!!!
फर्की आउ है चेली तिमी,आफ्नै पाखा पखेरीमा,
मौलिकतालाई नबिर्स है,नाचिदेऊ न मझेरीमा,
छमछम नाचिदेऊ न,दिदीबहिनी सङ्गै मिली,
ताली पिट्दै मझेरीमा,आगनीमा नाचेको खै,
बिदेशी त होइनौ तिमी,नाची देऊ न नेपाली भै !!!!!
" मौलिकता नै हाम्रो पहिचान"
जनक सुवेदी (भरतपुर -२५ चितवन)