काठमाडौँ । आजकल आफ्नो प्रोफेस्नल करिएरलाई जीवनका विभिन्न आयाममा जोड्ने क्रम बढ्दो छ। पहिले डाक्टरहरुले मात्र आफ्नो नामको अगि डा लेख्थे ।
अहिले भने सीए, इन्जिनीयर, पाइलट, लेखक प्राध्यापकले पनि नामको अगाडि प्रोफेसनको उपमा जोड्न थालेको कुरा कुनै नौले रहेन । तर भारतमा हालै सार्वजनिक भएको एक विवाहको कार्डले भने नयाँ चर्चा पाएको छ ।
फार्मेशी पढेका एक भारतीय जोडीले आफ्नो विवाहको कार्डको डिजाइन पनि औषधीको खोलजस्तो बनाएका छन् ।
ती दुई दुलाह र दुलही हुन् भारतका इजिलारासन र वसन्तकुमारी। पेशाले फार्मेसिस्ट रहेका यी दुई यही सेप्टेम्बर ५ मा वैवाहिक बन्धनमा बाधिँदै छन् ।
निमन्त्रणाका लागि आफन्त र शुभचिन्तकलाई पठाएको सो कार्डको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सो कार्डमा विवाहबारे दुलहा र दुलहीको विवरणस् उनीहरूको योग्यता र विवाहको जानकारी, विवाहको मिति, समय र स्थल लगायतका कुरा समावेश गरिएको छ ।
ट्याब्लेट कभरको सामान्य चेतावनी खण्डअन्तर्गत साथीहरू र परिवारलाई ‘दयालु’ चेतावनीको रूपमा दम्पतीले भनेका छन्,’सबै साथीहरू र आफन्तहरूले मेरो विवाह समारोहलाई नछुटाउनुहोस् ।’
फार्मासिस्टको विवाहको निमन्त्रणा एक भारतीय नागरिक हर्ष गोयनकाले ट्विटरमा पोस्ट गरेका थिए ।