काठमाडौँ । पर्वतको बिहादी गाउँपालिकाबाट विभिन्न सिलसिलामा काठमाडौँमा बसोबास गर्ने मानिसहरुको संगठन बिहादी सेवा समाज काठमाडौँले आज एक भव्य तीज विशेष कार्यक्रम गरेको छ ।
राष्ट्रिय सभा अध्यक्ष माननीय गणेशप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको रहेको सो कार्यक्रमको विशिष्ठ अतिथिहरुमा नेपाली क्रांग्रेस पर्वतका पूर्व सभापति खेमप्रसाद भुसाल, कांग्रेस पर्वत ‘ख’का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी रहेका थिए ।
यस्तै अतिथिमा युवा नेता सुन्दर भुसाल, समाजका पूर्व अध्यक्ष तीलक ब. कुवर, समाजका पूर्व सल्लाहकार गोविन्दप्रसाद भुसाल, चन्द्रकान्त भुसाल, दुर्गाप्रसाद भुसाल, सुशीला काफ्ले, गुरुविष्णु काफ्ले, बाबुराम काफ्ले गोविन्द्र भट्टराईलगाएतका बिहादीबासी विभिन्न विशिष्ठ व्यक्ति तथा महिला दिदीबहिनीको उपस्थिती रहेको थियो ।
यसका साथै समाजले तीज नृत्य प्रतियोगिता, म्युजिकल चिएर लगाएत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो । जसअन्र्तगत तीज नृत्यमा प्रथम वाहकी ठाटी, द्वितीय उराम र तेस्रो स्थानमा बाछा हुन सफल भएको थियो ।
काठमाडौँको मैत्रिनगर पार्टी प्यालेसमा सम्पन्न भएको सो कार्यक्रममा महिला दिदीबहिनीको उत्साहजन उपस्थिती रहेको थियो । नाजगान, शुभकामना आदानप्रदान तथा अन्य औपचारिक प्रतियोगिता गरिएको सो कार्यक्रम अध्यक्षता विहादी सेवा समाजका अध्यक्ष टीकाराम न्यौपानेले गरेका थिए भने कार्यक्रमको सञ्चालन वेदप्रसाद भुसालले गरेका थिए ।
हिन्दु नारीहरुको महान पर्वमा यसरी नारीहरुको प्रमुख उपस्थितिमा यस्तो भव्य कार्यक्रम गर्न पाउँदा निकै खुसी लागेको र आगामी दिमा पनि यस्ता खालका कार्यक्रमहरु गर्न हौसला मिलेको कार्यक्रमका उपाध्यक्ष प्रवीन भुसालले जानकारी दिए।
यस्तै राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले यस्ता खालका कार्यक्रमहरु गर्नले यस्ता खालका कार्यक्रमहरु गरिराख्नुपर्ने बताएका थिए । कार्यक्रमका उपस्थित सबै विशिष्ट व्यक्तिले महिला दिदीबहिनीको महान चाड तीजको शुभकामना दिँदै यस्ता खालका कार्यक्रमहरु समय-समयमा गरिराख्नुपर्नेमा जोड दिए ।