काबुल । अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् ।
एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटनमा मौलवी मुल्ला अमिर मोहम्मद काबुली मारिए भने धेरै बालबालिका घाइते भएका छन् । तालिबानले सत्ता कब्जा गरेको एकवर्षपछि धार्मिकस्थलमा भएको यो भीषण एवम् जघन्य आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।
इस्लामिक स्टेट समूहको स्थानीय सहयोगीले तालिबान र सर्वसाधारणलाई लक्ष्यित गर्दै देशका विभिन्न भागमा आक्रमण बढाएका छन् । गत साता पनि उक्त समूहले एकजना प्रमुख तालिबान धर्मगुरुको हत्या गरी त्यसको जिम्मेवारी पनि लिएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार शहरको खेर खन्ना नजिकैको सिद्दिकिया मस्जिदलाई लक्षित गरी आत्मघाती आक्रमणकारीले विष्फोट गराएको थियो । विष्फोटमा ३० जनाभन्दा बढी घाइते भएका र उनीहरूलाई यहाँस्थित इटालियन आपत्कालीन अस्पतालले बम विष्फोट भएको स्थानबाट पाँच बालबालिकासहित कम्तीमा २७ जना घाइते सर्वसाधारणलाई त्यहाँ ल्याइएको बताएको छ ।
काबुलका प्रहरी प्रमुखका लागि तालिबानद्वारा नियुक्त प्रवक्ता खालिद जाद्रानले मस्जिदभित्र भएको विस्फोटको पुष्टि गरे पनि तर हताहती र घाइतेहरूको विवरण उपलब्ध गराएका छैनन् । तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विस्फोटको निन्दा गर्दै यस्तो जघन्य अपराध गर्नेहरूलाई चाँडै न्यायको कठघरामा ल्याइने र सजाय दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विष्फोटनका बेला मस्जिदमा रहेका एकजना प्रत्यक्षदर्शीले आज बिहान मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताउँदै कम्तीमा २५ जना मारिएका एपीलाई जानकारी दिए ।
तालिबानद्वारा काबुल मस्जिद आक्रमणको निन्दा
तालिबानले बुधबार अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा भएको आक्रमणको निन्दा गरेको छ । अफगानिस्तानको राजधानी काबुल शहरमा रहेको एक मस्जिनमा भएको बम विस्फोटमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । बुधबार साँझ प्रार्थनाका क्रममा सो विस्फेटमा परी अरु ४० घाइते भएका काबुलका सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।
अपराधका दोषीहरूलाई छिट्टै पक्राउ गरी सजाय दिइने इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक ट्वीटमार्फत बताएका टोलो समाचार समितिले जानकारी दिएको छ ।
साँझको प्रार्थनाका समयमा सो मस्जिदको परिसरमा सो भएको आक्राणबाट घाइते भएका ४० जनालाई अस्पताल पु¥याइएको जनाइएको छ । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्न सक्ने समेत अनुमान गरिएको छ ।
तालिबानले अफगानिस्तानमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरे पनि इस्लामिक स्टेटले देशभरि सर्वसाधारण र प्रहरीमाथि आक्रमण जारी राखेको छ ।
अफगानिस्तानको समाचार समितिका अनुसार तालिवानले हताहतबारे कुनै वक्तव्य जारी गरेको छैन । विस्फोटको अहिलेसम्म कुनै पनि आतङ्कवादी समूहले जिम्मेवारी लिएको छैन । यस आक्रमणमा मारिएमा अमिर मोहम्मद काबुली नामका एक शीर्ष इस्लामिक धर्मगुरु पनि छन् ।
दुई साताअघि काबुलमा भएका दुईवटा घातक विस्फोटमा दश जनाको मृत्यु हुनुको साथै ४० जना घाइते भएका थिए । इस्लामिक स्टेटले दुवै आक्रमणको जिम्मेवारी लिएको थियो ।
अफगानिस्तानमा तालिबान शासनको एक वर्षको पुगेको यस अवधिमा आक्रमण भएको छ । प्रत्यक्षदर्शीहरुले सो आक्रमण आत्मघातीहरुले गराएका बताएका छन् ।
यसैबीच, अधिकार समूहहरूले तालिबानले मानवअधिकार र महिला अधिकारको सम्मान गर्ने धेरै प्रतिज्ञाहरू तोडेको बताएका छन् ।न्यूयोर्कमा रहेको अधिकार समूहले आफ्नो प्रतिवेदनमा तालिबान गरेको मानवअधिकार उल्लघङ्नको व्यापक निन्दा गरेको र देशको डरलाग्दो मानवीय अवस्थालाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई अवरोध गरेको बताएको छ ।