काठमाडौँ । भुसाल सम्पर्क समाज काठमाडौँ नेपालको अध्यक्षमा युवराज भुसाल निर्वाचित भएका छन्। समाज शनिबार सम्पन्न दशौँ वार्षिक साधारण सभामार्फत उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
कुल १३ सदस्य रहेको समितिको उपाध्यक्षमा माधवप्रसाद भुसाल, महासचिवमा ईश्वरीप्रसाद भुसाल र सचिव प्रवीन भुसाल निर्वाचित भएका छन् ।
यसैगरी, समितिको कोषाध्यक्ष कमला भुसाल बराल, सदस्यमा क्रमशः मोतीलाल भुसाल, कृष्णप्रसाद भुसाल, मुकुन्दप्रसाद भुसाल, पूर्णचन्द्र, विष्णु प्रसाद भुसाल, मदन केसी भुसाल, कमला भुसाल भण्डारी र हिरामणी भुसाल रहेका छन् ।
देशका विभिन्न स्थानमा रहेका भुसाल बन्धुहरुको एकताका लागि गठन भएको भुसाल समाजले भुसालको तर्फबाट विभिन्न स्थानमा प्रतिनिधित्व गरेका बन्धुहरुलाई प्रोत्साहन र सम्मान गर्दै आएको छ ।
समाजको आज सम्पन्न वार्षिक साधारणसभामार्फत अर्घाखाँची घर भएका वकिल विष्णुप्रसाद भुसाललाई सगरमाथाको सफल आरोहण गरेकोमा सम्मान गरिएको छ ।
केही समयअघि सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल वकिल भुसाल र उनकी छोरी डा. प्रिति भुसाललाई समाजको तर्फबाट सम्मान गर्ने कार्यक्रम तय गरिएको भएपनि कार्यव्यस्तताले छारी भने सम्मान कार्यक्रममा उपस्थित थिइनन् ।
भुसाल समाजका अनुसार देशभर छरिएर रहेका भुसाल बन्धुहरुको तर्फबाट यो पहिलो सगरमाथा आरोहण हो।