केही समय अगाडि काठमाडौं डेरामा बसेर अध्यन गर्ने एउटा विद्यार्थीले लेखेकी थिएन , मेरो परिवारमा गएर मलाई एउटा स्कुटी किन्दिन भनिदिनुपर्यो । म पढ्नका लागि गृह जिल्ला पर्वत बाहिर बस्न लागेको धेरै वर्ष भयो । पढ्ने शिलशिलामा भएको खर्चको हिसाब गर्ने हो भने म अत्तालिन्छु । निम्न वर्गीय परिवारमा जन्मिएर देशका मुख्य मुख्य सहरमा बसेर पढ्नु चानचुने कुरा होईन । कहिलेकाहीँ लाग्छ यो पढाइमा लगानी गरेको पैसा कुनै उत्पादनमा गरेको भए , कुनै व्यवसायमा गरेको भए आजसम्म आत्मनिर्भर बनिसक्थे ।
म आफ्नो मात्रै भन्दापनि म जस्तै थुप्रै विद्यार्थीहरुको पिडा लेख्ने कोशिस गर्दैछु । बिहान उठेर फ्रेश हुने बित्तिकै तातोपानी पिउने बानी छ । प्रति जार ६० रुपैयाँमा किन्छु तर ३ दिनमै सकिन्छ । खाना बनाउने बेला हुन्छ । पकाउन लाग्यो , बजारको महँगी सम्झेर तरकारीमा टमाटर , तेल , मसाला केही हाल्न मन लाग्दैन। प्लास्टिकको भाडामा खानेकुराहरु हुन्छ । प्रायः हेरेर चित्त बुझाउछु हाल्दिन । भात र दाल छुट्टाछुट्टै पकाउनै मन लाग्दैन । ग्यासको भाउ १८५० पुगिसकेको छ । गिलासमा दाल राखेर कुकरमा भात र दाललाई संगै सिठी लगाइदिन्छु । अन्न पानीको शरीर हो । कहिँलेकाही बिरामी भइन्छ । बिरामी भएको हप्तादिनसम्म चेकअप गर्न जाने साहस आउँदैन । अझ सरकारी अस्पतालका कर्मचारी र फोहोर सम्झदा त बाटो हिंड्दा नि हेर्न मन हुँदैन ।
मलाई फलफूल खान मन लाग्छ । दुध र दूधबाट बनेका परिकार त सबैभन्दा मनपर्छ। मेरो आँखा कमजोर छ । अप्थाल्मोलोजिस्टले हरियो सागपात बढी खानुस भन्छन् । सागको एउटै मुठालाई ५० ६० रुपैयाँ पर्छ । त्यो किन्ने हिम्मत आउँदैन । केही समय भुइँमा सुत्दा कोठामा आउने सबैले प्लास्टरको निकै चिसो लाग्छ । सुत्नु हुँदैन । पछि रोगी भैन्छ भन्थे । तर , पलङ किन्नलाई बुवाको वृद्ध भत्ता कति महिनाको जोड्नुपर्थ्यो उनीहरुले बुझ्दैनथे ।
साथीहरू थरिथरिका लगाउन पर्छ भन्छन् । पिज्जा, वर्गर, रोल खाने , राम्रो हुने भन्छन् तर कोदो र आटाेलाई उनिहरुले चिन्दैनन । लेकसाइड पोखरामा ढिंडोको भाउ कति छ उनीहरुलाई थाहा छैन । बालापनमा लड्दाका दाग शरीरभरी छन् । तिन्लाई मेटाउ भन्छन् । नेपाली मौलिक गित गाउँदा , सुन्दा व्यङ्ग्य गर्छन् । देशभन्दा धेरै विदेश हेर्छन् । कोरियाली र टर्कीस सिरियल हेर्छन । उनिहरुलाई थाहा छैन हेर्ने कथा , भुन्टी , कान्छीका बारेमा ! BTS चिन्छन तर सुकुमाया र विद्या चापागाईंलाई चिन्दैनन । यति धेरै आलङ्गकारिक बन्न किन चाहन्छन म बुझ्दिन ।
बाबा , मेरा साथी छैनन् । किनकी , पोखरामा मेरो घर छैन । घरमात्रै नभएर केही हुन्थेन कमसेकम पैसा भएको भए पनि हुन्थ्यो । पैसा पनि छैन । मैले तरकारी खानलाई विचार गर्नुपर्छ । आज बिहान पकाएको अलिकती भात र सितन जोगाउन सके साझलाई पुग्थ्यो भन्नुपर्छ । मलाई पुस्तक किन्ने रहर हुन्छ । घुम्ने रहर हुन्छ । पेट्रोलको भाउ सम्झन्छु , एक कप चिया र एक बोत्तल मिनिरल वाटरको भाउ सम्झन्छु अनि चुप लागेर रुममै बस्छु । घरबेटीले कागजमा मासिक खर्चको विवरण छोडेर जानुहुन्छ । त्यो हेर्दा एकपटक आङ जिरिङ्ग हुन्छ। पैसा बुझाउनुबेलामा हात काप्छ । एउटा कुर्ता र चप्पल किन्नलाई कम्तीमा १२ पटक सोच्नुपर्छ । क्याम्पसको फि उत्तिकै महँगो छ । दिउँसो खाजा खान गयो मेनुको मूल्य हेरेर एउटा चिया पिएर फर्कन्छु । क्याम्पस समय १०-४ भएपछि काम पनि केही नपाइने रहेछ । तपाईंलाई कति तनाव दिनु र ! आखिर कमाउने बेला आएपछि पराइको हातमा सुम्पिदिनुहुन्छ । सेवा गर्न कुनै छोरीले पाँउदिनन । मलाई पुरानै परम्परा ठिक लाग्यो । छोरीको बिहे सानैमा गरिदिनु । टिनकै घर भएको भएपनी पोखराको केटा खोजेर बिहे गरिदिनु । थोरै जग्गा पनि होस् तरकारी , धान लगाउनलाई !