काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनमा नवलपुरबाट नारायण काफ्लेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै सो कुराको जानकारी दिएका हुन् ।
उम्मेदवारीको घोषणा गर्दै उनी लेख्छन्, 'जेष्ठ १५ "गणतन्त्र दिवश"को दिन देवचुली देखि सुरुवात गरेको मेरो स्वतन्त्र राजनीतिक यात्रा निरन्तर अघि बढी रहेको छ।जसमा कावासोती, मध्यबिन्दु, विनयी त्रीबेणी, हुप्सेकोट, बुलिङ्गटार, बौँदिकाली, गैँडाकोटलाई नजिकबाट नियाल्दै आज असार १५ सम्म यो एक महिना आफ्नो ठाउँ,स्थानको भुमिलाई स्पर्श गर्न पाँए।
नेपाल आमाको ७७ सन्तान मध्यको कान्छो सन्तान " नवलपुर" सबैभन्दा भाग्यमानी जसलाई संसारले माया गरेको छ।त्यो मायालाई अब योजना र कर्ममा बदल्न सबै उत्साहित भएका छन् ।यो सैद्धान्तिक नभई प्रयोगात्मक अनुभव रहेको छ,अनौपचारिक नभई यथार्थ अनुभुतीको औपचारिक लेख हो भने यो अनुभव प्रत्यक्ष भुमी स्पर्शको अनुभव हो भनेर मेरा आम नवलपुरबासीले बुझ्नु हुनेछ भन्ने मेरो विश्वास छ। आज असार १५ ।
मानो रोपेर मुरि फलाउने मेरो देशका किसान र प्यारा नवलपुरे किसानले आफ्नो पेट भर्न पाएका छन् कि छैनन् तर यो देशको जनताको पेट भराउन खेतको माटोहरु संग पैठेजोरी खेल्दै गरेका आम किसानहरुसंगै आलिको डिलमा बसेर असार १५ को दहि चिउरा खादै गर्दा झमझम परेको पानीले १ महिने यात्रालाई शितल बनाई अझ उर्जा दिएको यथार्थ अनुभव भएको छ। यो एक महिना कसरी वित्यो थाहै भएन , यो समय भित्र उत्साह, उमङ्गसँगै अनेक सम्भावनाहरुले अगाडी बढ्न आशीर्वाद प्राप्त भएको छ।अब भुमी स्पर्श हुँदै नवलपुरबासीको मन मस्तिष्कमा अनि मेरो कार्य योजनामा योजनाबद्द तरिकाले पुग्ने अझ उर्जा थपिएको छ त्यसैले त प्रतिनिधि सभा सम्मको स्वतन्त्र यात्रा जारी छ।
कान्छोले प्रतिज्ञा गरि सकेको छ, पर्यटकीय हवको रुपमा संसार चिनाउन संसारभरका नैजवानहरुलाई निम्ता दिइसकेको छ।संसार भरका नौजवनहरुको आशालाई लिएर बालेन शाह, हर्क साम्पाङ्ग र गोपाल हमालहरु कान्छोलाई भेट्न छिट्टै आउँदै छन् । पहिलो ५ वर्ष १ र दोस्रो ५ वर्ष २ गरेर दश वर्ष भित्र कान्छो सबै सबै बेरोजगार , गरिबीबाट मुक्त हुनेछ। नेपाल आमा खुशिले गदगद हुनेछिन् अनि गर्व गर्ने छिन् कान्छो पाएकोमा त्यसैले अहिले देखि भन्ने गरेकी छिन् :- मेरो प्यारो कान्छो " नवलपुर" ।
आमाले त्यसो भन्दै गर्दा "कान्छो" गर्भिलो,जिम्मेवारी बोध अनि पुलकित भएको छ त्यसैले त प्रतिनिधि सभा सम्मको स्वतन्त्र यात्रा जारी छ। जय जनता।जय जनमत।'