सिन्धुली । फिक्कल गाउँपालिकामा उम्मेदवारहरूले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसार कार्यलाई तीव्रता दिन थालेका छन् ।
०७४ काे स्थानीय चुनावमा पराजित भएकाे नेपाली कांग्रेस यसपटक यस गाउँपालिकामा अझै प्रभावकारी ढङ्गबाट चुनावी प्रचारमा लागेको देखिन्छ ।
यसैक्रममा फिक्कल गाउँपालिकाअन्तर्गत वडा नं २ मा नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका ललित थापाले पनि चुनावी प्रचार कार्यलाई तीव्रता दिएका छन् ।
०७४ काे चुनावमा यस वडामा तुलनात्मकरूपमा कमजाेर देखिएकाे नेपाली कांग्रेसलाइ प्रदेश उपसभापतिसमेत रहेका थापाले पछिल्ला केही महिनामा आफ्ना सहकर्मीसँग मिलेर सांगठनिक मजबुती दिने प्रयास गरेको भएपनि सफल हुन सकेनन् ।
ललित थापासँगै वडा नं २ मा प्रभावशाली एवम् नेतृत्वदायी काम गरिरहेका खड्क सुनुवार, मीनबहादुर सुनुवार, तुलु श्रेष्ठले र सीता अछामीलाई कांग्रेसले चुनावी मैदानमा उतारेकाे छ ।
यस वडामा कांग्रेसबीच आन्तरिक वैमनस्यता नरहेकाले जीतका आधार तयगर्न सजिलाे भएको पनि बताइन्छ ।
हालका जनप्रतिनिधिले वडाकाे विकासमा गुणात्मक काम गर्न नसक्दा ०५४ साल र हालका दिनमा जनताले उही तथा उस्तै समस्याका पूनरावृत्ति अनुभूति गरिरहेको आरोप लगाउँदै केही फरक साेच र भिजन राखेर वडा विकासमा काम गर्ने वाचा लिएर जनतामाँझ जान लागेकाे वडाध्यक्ष उम्मेदवार ललित थापाले बताएका छन् ।
थापाले जनताका साना-साना समस्यामा जनप्रतिनिधिले सम्बाेधन गरी दीर्घकालीनरूपमा समुन्नत वडाकाे भिजन बाेकेर जनता माँझ आफूहरू पुगिरहेकाे थापाले बताए ।
नेकपा एमालेले जितेको वडामा सर्वसम्मत उम्मेदवार बनाउने रणनीति सहीत कांग्रेसले गाउँ तहमा राम्रो प्रभाव राख्ने थापालाई उम्मेदवार बनाएको हो ।
'विचारले प्रशिक्षित र योजना सहितको राजनीतिक कर्म गर्न उम्मेदवारी दिएको हुँ, नमुना वडा बनाउने मेरो पहिलो लक्ष्य हो, वर्तमान युवा पीडिले म र मेरो क्षमता बुझेर नै चुनावमा मतदान गर्ने विश्वास मलाई छ' थापाले भने ।
सोही वडामा २०७४ सालको चुनावमा नेपाली कांग्रेसका घनश्याम पहाडी नेकपा एमालेका शङ्खर भन्डारीसँग ४ सयबढी मत अन्तरले पराजित भएका छन्। अहिले भण्डारी एमालेबाट भने उनै पुनःवडा अध्यक्षको उमेदवार भयका छ्न्।
सडक निर्माण, शिक्षा, स्वास्थ्यमा सहज र सेवा मुलकका साथ साँझा रूपमा जाने र पूर्वाधारका कामहरूमा जोड दिनेि, गाउँमा रोजगारीका अवसर सिर्जना गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै उनले फिक्कललाइ धार्मिक, सांस्कृतिक र पर्यटकीय विविधतायुक्त अथाह सम्भावनालाई सुन्दर बनाउनमा जोडदिने समेत बताए ।