राजनीति व्यक्तिगत र सैद्धान्तिक विचार मात्र होइन। जनता र समाजको हितकाे पर्याय पनि हाे । राजनीतिमा व्यक्तिगत स्वार्थ देख्ने नेताले देशनीति राम्ररी सञ्चालन गर्न सक्तैनन्। रुसाेले राजनीतिलाई जनताको मत मात्र हाेइन जनतामाथि लाद्ने खराब नीति पनि हो भनेका छन् । मेकियाबेलिले " राजनीति नागरिकको अधिकार हो तर राजनीति सञ्चालन गर्न नागरिक सक्षम हुनुपर्छ ," भनेर नागरिक शिक्षाको बहस गरेका छन। " नागरिक चेतना बिना राजनीति दूषित हुन्छ र खराब मानिसको हातमा जान्छ," उनको भनाइ थियो। सक्षम जनताले सक्षम व्यक्ति चु्न्छन्। अशिक्षित जनतालाई नेताले झुक्याउँछन् र खराबहरुले शासन गर्छन् भन्ने उनको भनाइ थियो । उनले राज्यमा नागरिक शिक्षा अपरिहार्य हुन्छ भन्ने मान्यता स्थापित गरे । उनलाई राजनीति र प्रजातन्त्रको संस्थापक दार्शनिक मानिन्छ।
स्वतन्त्रताका हिमायती जे एस मिलले "जनताले किन राजनीतिमा भाग लिँदैनन्" भनेर तर्क गरेका छन .उनको तर्क राजनीतिप्रतिको वितृष्णा थिएन. राजनीतिले गर्ने शासनको खराबीमा थियो। तर मेकियावेलि यो तर्कलाई मान्दैनन् ।उनी भन्छन् "नागरिक अधिकारको पालना गर्नु जनताको कर्तव्य हो।. अधिकारको प्रयोग गर्दा यसको सदुपयोग हुनुपर्छ .र राजनीति ,जनताको बीचमा सबै विषय खुला हुनुपर्छ ." भन्ने उनको भनाइ थियो।
जब राजनीति, पुजिवाद, समाजवाद, साम्यवाद, क्षेत्रीयबाद, जातिवाद, धर्मबाद अनेकमा परिणत भयो ।यसले जनताको बोली बोल्न छोड्यो । र स्वार्थ , गुट र सम्प्रदायमा विभाजित भयो। जसलाई प्लेटोको आदर्श राजनीतिले मान्दैन। अहिले प्लेटोको राजनीति दर्शन पुरानो भइसकेको छ। राजनीतिभित्र असत्य, घृणा, चाकरी ,शक्ति प्रदर्शन, भ्रष्टचार ,अनैतिकता बढेर गएको छ । अविकसित र हाम्रोजस्तो देशहरुमा यसको गन्ध पर्याप्तमात्रामा छ।
श्रीलंकामा नेतृत्त्वको अदूरदर्शिताले चरम आर्थिक मन्दी ल्याएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार, सहयोगलाई मजबूत नबनाउँदा यो परीणाम आएको हाे। महत्वकांक्षी योजनाहरु, निर्यातको न्यूनता, बढ्दो आयात ,बढ्दो सरकारी खर्च, कर कटौती र दिगो आर्थिक नीति नहुँदा यो समस्या आयो। नेपालको स्थिती श्रीलंकाको भन्दा टाढा छैन। संघीयताको खर्च, महत्वकांक्षी योजनाहरु ,निर्यातको कमी, बढ्दो आयात ,वैदेशिक सहायताको बढ्दो प्रवृत्ति र साधारण खर्च वृद्धिले हामीपनि त्यही संघारमा छौ। त्यसैले अबको नेतृत्व बढी दूरदर्शी, विशेषज्ञ, उत्तरदायी, जनमुखी र अनुशासित हुनुपर्छ। युक्रेनको युद्धले विश्व शक्ति सन्तुलनको फरक अवस्थाको संकेत गर्दैछ ।चीन र भारतको सम्बन्धमा भएको विकास र अमेरिकी प्रभावलाई समेत ध्यान दिनु जरुरी छ। यो ठूलो अवसरको रुपमा आएको छ। अब हामीले राजनीतिक खेलमा मात्र होइन दूरदर्शी र असल नेतृत्वमा आफ्नो मतको प्रयोग गर्नु पर्छ।
अहिले हामी चुनावको मुखमा छौं । संघ, परदेश र स्थानीयको गरी वर्षदिन भरी नै हामी निर्वाचन गर्दैछौ। अहिले सबै राजनीतिक दलहरुमा राजनीति खेल सुरु भइसकेको छ। आफ्नो आक्रामक विचार ,धारणालाई जनता समक्ष लादैछन् यो प्रजातान्त्रिक स्वाभाविक प्रक्रिया हो। तर यो राजनीति खेल नयाँ भने होइन।
हामीले नेपालको संविधान २०७२ को संघीय संरचनाभित्र लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीकाे पाँच वर्ष बिताइसकेका छौ। आगामी दुई महिनाभित्र स्थानीय तहका सबै नेताहरुलाई हामी बिदा गर्दैछौ। र त्यतिकै संख्यामा नेताहरु निर्वाचित गर्छौं। । संघीय र प्रदेशको चुनाब पनि आगामी वर्षभित्र भइसक्छ। अब नागरिकले मेकियाबेलिले भने जस्तै नेताहरुलाई प्रश्न गर्ने बेला आएको छ। अहिले नेताहरु पुरानै भाषण गर्दैछन् । तर रोजगारी, गरिबी न्यूनीकरण ,भौतिक पूर्वाधार विकास, भ्रष्टाचार विरुद्धमा कति काम गरे। हामी कति माथि उठ्यौ। कृषि ,शिक्षा, स्वास्थ्य, खानेपानीका क्षेत्रमा कति प्रगति भयो। उनीहरुले दिएका घोषणापत्रका कामहरु भए कि भएनन्। कति अस्थिरता पैदा गरे। बीचमा जनताका कुरा सुने की सुनेनन्। यी विषयमा नेताहरुले प्रष्ट गर्ने बेला आएको छ। राजनीति नेतृत्वले यसको हिसाबकिताब जनतालाई देखाउनुपर्छ। यही बेला हो, जनताले हिसाबकिताब माग्नुपर्छ । याे नागरिकको कर्तव्य हो। जनताको मत प्रयोग गरेपछि जनताको प्रश्नको उत्तर दिनुपर्छ। जसको प्रयोग जनताले मत मार्फत गर्छन् र राम्रा असल नेतालाई शासनमा पुर्याउँछन्। यो नै नागरिक शिक्षाको मुख्य भूमिका हो ।नागरिकको कर्तव्य हो। निर्वाचनका बेला व्याक्तिगत स्वार्थ र प्रभावमा परेर मतको प्रयोग गर्दा देशको शासनव्यवस्था भविष्यसम्म अन्यौलमा पर्छ। त्यसैले नागरिकहरुले आफ्नो अधिकारको प्रयोग चुनावको मतबाट गर्नुपर्छ।
अहिले नेता नेताबीचको व्याक्तिगत झगडामा राजनीति केन्द्रित छ ।स्थानीय र उच्च तहका नेताहरूको हालत यही छ। काे प्रतिस्पर्धामा अगाडि बढ्न सक्छ त्यसैको चिन्ता छ। ठूला नेताको भरमा चल्ने राजनीतिले तल्ला नेतालाई काममा भन्दा गुट र चाकरीमा सीमित गरेको छ। नेतृत्वहरुले कामको मूल्यांकन गर्लान् जस्तो लाग्दैन ।आफ्नो कार्यकर्ता र राजनीति क्षेत्र र गुटको भए पुग्छ। राजनीतिभित्र त मूल्याङ्कन हुँदैन, हुँदैन ।जब जनताले नेताको मूल्यांकन गर्दैनन् ,त्यसपछि आगामी देशको शासन प्रणाली कस्तो होला । हाम्रो विकास र प्रगतिलाई चाहने सोच्छ नेता चुन्ने बेला आएको छ।
नेताहरुले भविष्यका योजना, प्रतिव्यक्ति आम्दानी वृद्धि, रोजगारी सिर्जना, आत्मनिर्भरता, कृषिकाे व्यवसायीकरण, वातावरण अनुकूल विकास, विश्वमा आफ्नो चिनारी ,छिमेकी सँगको सम्बन्ध कर्मचारीतन्त्रको परिचालन, आय वृद्धि जस्ता विषयमा छलफल गरेको देखिँदैन। यी विषय घोषणापत्रमा मात्र सीमित हुन्छन। अब निर्वाचनमा मत माग्न आउने नेतालाई हामीले यही प्रश्न गर्नुपर्छ ।भाषण सुनेर मात्र हुँदैन। शब्दको चातुर्यताले विकास हुँदैन ।रणनीतिक सोच भएका र अनुभवमा खारिएका, जिम्मेवार, इमान्दारी र उत्तरदायी नेताहरु छन् कि छैनन् जनताले मूल्याङ्कन गर्नुपर्छ। तब मात्र हाम्रो मतको सदुपयोग हुन्छ।
नेपालको निर्वाचन महंगो हुँदै गएको छ ।पैसा ,पहुँच र शक्ति भएका मात्र नेता हुने अवस्था छ ।यसले निम्त्याउने भनेको भ्रष्टाचार हो। कुशासन हो । अब हामीले पैसा खर्च गर्ने नेता हैन राम्रो काम गर्ने नेता चिन्नुपर्छ। पैसा खर्च गरेर आउने नेताले हाम्रै टाउकोमा रिण बाेकाउंछन ।निर्वाचनमा पैसा खर्च गर्छन अनि ५ वर्षभरी पैसा उठाउँछन् । अनि कसरी देसको विकास गर्ने ।त्यसैले बढी खर्च गर्ने नेताहरुलाई हामीले विश्वास गर्नुहुँदैन। इमान्दार ,राम्रो काम गर्ने असल जुनसुकै होस हामीले मतको सदुपयोग गर्नुपर्छ। हाम्रो निर्वाचन शैलीले गर्दा यहाँ भ्रष्टाचार बढेको छ। विकास भएको छैन। जताततै दलाली बढेको छ।अहिले निर्वाचनमा सघाउने जोसुकै होस् उसले भोलि आफ्नो स्वार्थ लिएरै छोड्छ ।असुल्छ ।त्यसले निर्वाचन खर्चालु हुनुहुँदैन । नेताहरुले भाषण गर्दा जनताको समस्यालाई ख्याल गर्नुपर्छ। आकर्षण भाषण गर्ने तर भोली काम नगर्ने नेता काम लाग्दैनन्। असल नेतृत्वकोलागि आफ्नो मत खर्च गर्नुपर्छ।।
राजनीति नेतृत्वले यस विषयमा ख्याल गर्नुपर्छ। राम्रा र इमान्दार नेताहरुलाई नेतृत्व दिनुपर्छ। विगतमा धेरै गल्ती भइसकेको छ ।सबै राजनीतिक दल र हामीले विगतका शासन प्रणाली देखिसकेका छौ। मेयर र मन्त्रीहरूको योग्यता पनि देखिसकेका छौँ। त्यसैले राजनीति भित्रपनि विशेषज्ञताको खोजी गर्नुपर्छ। अमेरिका ,भारत जस्ता लोकतान्त्रिक देशमा पनि राजनीतिक बिशेषज्ञता, अनुभव, इमान्दारिता , योग्यताकाे खोजी गरिन्छ। र नेतृत्व दिइन्छ। नेपालमा यो विषय ओझेलमा छ ।जनतालाई झुक्याएर राजनीति गर्दा कसैले सोचे अनुसारको शासन गर्न सकेका छैनन्। नेतृत्व लिन सकेका
छैनन्। जनमुखी हुनु भनेको जनताप्रतिको उत्तरदायित्व पनि हो।
अहिलेको पुस्ता राजनीतिप्रति त्यति विश्वस्त छैन।तुरुन्तै नतिजा खोज्ने अहिलेको पुस्तालाई विश्वका धेरै देशहरुमा भएका प्रगतिको बारेमा थाहा छ ।आफ्नो देशमा पनि त्यही चाहन्छ। अब याे पुस्तालाई छल्न सकिँदैन । अबको राजनीति, राजनीति नेतृत्वले नयाँपुस्ताको विचार, शैली ,चाहना र विश्वासलाई जित्नुपर्छ। नभए यो पुस्ता बिस्तारै राजनीतिबाट विमुख हुँदै जाँदै छ। यसको कारण प्रजातन्त्र र अधिकारको बिमुख होइन। नेपालको दुषित, खराब राजनीति , राजनीतिक नेतृत्व र शैलीदेखिकाे बेखुशी हाे। त्यसैले अबको राजनीति नेतृत्वलाई यो विषय अहिले चुनौतीको रुपमा छ।
संसार धेरै अगाडि बढिसकेको छ। हामीले एक्काइसौं शताब्दी सँग चुनौती गर्नुछ । नेपालमा सम्भावनाहरु थुप्रै छन्। हामी गरिब हाेइनाौ। हाम्रो दूरदर्शिता पुगेको छैन। हामी नेपालीहरु धनी छौं । देशभित्र अवसर छन तर यो अवसर हामीले उपयोग गर्न सकेनौ। हाम्रा नेता, नीति र नेतृत्वको कमजोरीले विकास गर्न सकेका छैनौ ।के अब हामी येस्तै नेतृत्व चुन्दैछौ ।या पुरानै ढर्रामा हामी जाँदैछौ। केही पैसाको लागि भोट हाल्ने प्रवृत्ति हामीले त्याग्न सक्छौं? प्रजातन्त्रमा चुनाब नै सर्वोपरी हो। प्रजातन्त्रको आदर्श जनताको मतमा हुन्छ । अब हामी हाम्रो अत्यधिक मुल्य भएको मतलाई कता प्रयोग गर्दैछौं । नेताका सस्ता भाषणमा वा हामीलाई चाहिएको नेतृत्वमा ? यो हाम्रो हातमा छ ।जसलाई नागरिक चेतना, सुझबुझ र मूल्यांकनले ठूलो महत्व राख्छ । हामीले धेरै गल्ती गरिसकेका छौ। अब गल्ती नगरौं। योग्य र नैतिकता भएका भ्रष्टाचार नगर्ने स्वच्छ छवि भएका नेतृत्व चुनेर पठाआौ । पक्कै पनि हाम्रो देशको बिकास निश्चित छ ।तेस्रो पुस्ताले नयाँपनको खोजी गरेको छ। अब हामी विकासको संघारमा छौं। तर यसको सबै नतिजा अब आउने निर्वाचनले दिनेछन्। नागरिक सचेतना नै अब हाम्रो देशको मुख्य आधार बन्दैछ ।धेरै कुराहरु बनिसकेका छन् शिक्षा, स्वास्थ्य, संचार क्षेत्रमा फड्को मारिसकेका छौं ।अबको नेतृत्वले यसलाई ध्यान दिनेछ। जसको लगाम नेपाली जनताको हातमा छ ।