पर्वत ।
गत वैशाखमा भएको आगलागिबाट पिडित कुस्मा नगरपालिका वडा नं. २ निवासी लिलकुमारी जैसीको परिवारलाई नेपाली काँग्रेस पर्वत काठमाडौं सम्पर्क समितिद्धारा राहत वितरण गरेको छ । उक्त सहयोग रकम कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी मार्फत परिवारलाई हस्तान्तरण गरिएको छ । सम्पर्क समितिको तर्फबाट संकलित रु ५० हजार वरावरको रकम समितिका सदस्य पवन सुवेदीको समन्वयमा नगर प्रमुख मार्फत पिडितको घर परिवार समक्ष पुराउने काम गरेको थियो ।
सम्पर्क समितिको तर्फबाट अध्यक्ष ओम शर्मा चापागाईं, उपाध्यक्ष नन्द पुन, रेनु गुरुड, विक्रम लोहन, सचिव इश्वरी पन्त, सहसचिव हरि आचार्य, कोषाध्यक्ष प्रवीण भुसाल, सदस्यहरु, बेदप्रसाद भुसाल, नेत्र प्रसाद पौडेल, बिदुर लम्साल, शिव बास्तोला र पवन सुवेदीले सहयोग प्रदान गर्नु भएको छ ।
विगतमा पनि सम्पर्क समितिका पदाधिकारी तथा सदस्य मार्फत संकलित राहत रकमबाट पर्वत जिल्ला अन्तर्गत बाढी पहिरो र आगलागीबाट विपतमा परेका पिडित परिवारलाई नगद तथा सामग्री वितरण गर्दै आएको छ । त्यसैगरी समितिले काठमाडौंमा स्वास्थ्य उपचार नपाएर पिडित परिवारलाई आवश्यक समन्वय र आर्थिक सहयोग समेत प्रदान गर्दै आएको छ ।
उक्त आगलागीबाट लिलकुमारी जैसीको उक्त घर पूर्ण रुपमा क्षति भई घरबार बिहीन हुन परेको अवस्था छ । निजको घरमा रहेका खाद्यान्न लगायत सवै सम्पत्ति डढेर पूर्ण रुपमा क्षति भएको थियो । सम्पर्क समितिका अध्यक्ष ओम शर्माका अनुसार बिचल्लीमा परेको उक्त परिवारलाई जीवनयापनका लागि भविष्यमा थप राहत आवश्यक परेमा पहल गरी सहयोग जुटाउने प्रतिवद्धता समेत जाहेर गर्नुभएको छ ।