काठमाडौँ– एनआईसी एसिया क्यापिटलले आईडिया टु आईपीओ सेवा सञ्चालनमा ल्याएको छ ।
क्यापिटलले नेपालमा पहिलोपटक मर्चेन्ड बैंकिङ सेवाअन्तर्गत यो सेवा सञ्चालन गरेको हो ।
जसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scaleup: Expansion, Growth, further Expansion हुँदै IPO जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा अन्य आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्नेछ ।
विशेषगरी यो सेवा Agriculture, Hydropower, Hotels and Tourism, Healthcare Services, Textile/Apparel, Trading and Manufacturing, Mineral Based, Fintech, Pharmaceuticals, Energy, E-Commerce, Construction and Hospitality Sectors लगायत प्रचलित कानुनबमोजिम स्थापना भएका सम्पूर्ण कम्पनीहरूले लिन सक्ने पनि क्यापिटलले जनाएको छ ।
आईडीया टु आईपीओ सेवाले जुन सुकै अवस्थामा रहेका कम्पनीहरूलाई सहजै आईपीओ जारी गर्ने अवस्थामा पु¥याउन सहयोग गर्नेसमेत क्यापिटलले जनाएको छ ।