काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नववर्ष २०७९ को पूर्वसन्ध्यामा राष्ट्रिय रुपमा वृहत् हास्यव्यङ्य कविता प्रतियोगितको आयोजना गरेको छ ।
विशेष अतिथि कलाकारहरूको उपस्थितिमा आयोजना गर्न लागिएको सो प्रतियोगितामा सहभागी हुनको लागि निम्न नियमको पालना गरि निम्न ठेगानामा कविता पठाउनुपर्नेछ ।
समसामयिक विषयमा २०० शब्दमा नबढाई (संविधान, कानून र कसैको चरित्र हत्या नहुने गरी) यस अगाडि कतै प्रकाशित वा प्रशारित नगरिएको रचना हुनुपर्नेछ ।
पुरस्कार राशि (करबाहेक)
१. प्रथम पुरस्कार: रू. ५०,०००
२. द्वितीय पुरस्कार: रू. ३०,०००
३. तृतीय पुरस्कार: रू. २०,०००
४. सान्त्वना पुरस्कार (३ जनालाई): प्रतिव्यक्ति रू. १०,०००
हास्यव्यङ्ग्य कविता आइपुग्ने अन्तिम मिति: २०७८ चैत्र १०
प्रतियोगिता हुने मिति, समय र स्थान: २०७८-१२-१८ गते, गोकर्णेश्वर नगरपालिका, आरूबारी चोक
मूल्याङ्कन र रचना वाचन: प्राप्त रचनाहरूमध्ये विज्ञ समूहको मूल्याङ्कनका आधारमा वाचनका लागि पुरस्कृतहरूको नाम सार्वजनिक गरिनेछ ।
कार्यक्रम हुने दिनमा वाचनका लागि स्वीकृत भएका रचनाको रचनाकारलाई आमन्त्रण गरिनेछ । रचनाकार स्वयं उपस्थित भई आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । स्थलगत मूल्याङ्कनका आधारमा पुरस्कृत व्यक्तिहरूको छनौटसहित सोही दिन पुरस्कार वितरण गरिनेछ । तोकिएको मितिपछि प्राप्त हुने रचनालाई कार्यक्रममा संलग्न गरिने छै ।
रचना पठाउने विधि र ठेगाना: रचना A4 साइजको कागजमा प्रिती फन्टमा एकातिरमात्र स्पष्ट बुझिने गरी टाइप गराइ तलको ठेगानामा पठाउनु पर्नेछ । रचना स्वयं उपस्थित भई वा निम्न Email : [email protected] वा गोकर्णेश्वर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउन सकिनेछ । रचनाकारले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, मोवाइल नं., इमेल ठेगाना र पासपोर्ट साइजको हालसालै खिचेको फोटो संलग्न गर्नुपर्नेछ । सम्पर्कको लागि नगरपालिकाको फोन नं. ०१४९१२१४०, ९८२८०८९६५४