काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएसँगै तीव्र गतिमा फैलिन थालेको कोरोना भाइरसले बिगत लामो समयदेखि पुनःमहामारीको रुप लिन थालेको छ ।
विश्वभर जतिबेला दैनिक संक्रमित तथा मृत्यु हुनेको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको पाइन्छ । विश्वभर पछिल्लो २४ घण्टामा १६ लाख २ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार २५० जना संक्रमितको मृत्यु भएको छ ।
थपिनेमा जर्मनीमा एक लाख ९३ हजार, रुसमा एक लाख २३ हजार, ब्राजिलमा ९० हजार, टर्कीमा ७१ हजार, अमेरिकामा ६९ हजार, फ्रान्समा ५८ हजार जना छन् ।
निको हुनेमा फ्रान्समा २ लाख १४ हजार, जर्मनीमा एक लाख ९३ हजार, अमेरिकामा एक लाख ७७ हजार, रुसमा एक लाख ६७ हजार, स्पेनमा एक लाख एक हजार जना छन् ।
मृत्यु हुनेमा अमेरिकामा एक हजार ७६०, रुसमा ७८७, ब्राजिलमा ७८१, स्पेनमा २४८, टर्कीमा २६६, जर्मनीमा २३५ र फ्रान्समा १८८ जना छन् ।
यस्तै विश्वभर पछिल्लो २४ घण्टामा २० लाख ९९ हजार कोरोना संक्रमणमुक्त भएका छन् । बिगत केही समय यता विश्वमा कोरोना संक्रमणको औषत वृद्धिदरमा कमि आएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले जनाउँछ ।