बिशेषतः ग्रामिण क्षेत्रका युवाहरु रोजगारको शिलशिलामा पलायन भइरहेको अवस्थामा स्थानिय युवा क्लवहरुले सो को रोकथाममा ठुलो भुमिका खेलिरहेका हुन्छन् । युवाहरु राष्ट्र विकाशका प्रमुख मानव स्रोत भएकोले र स्थानिय तहमा रोजगार सृजना गर्न नसकिरहेको अवस्थामा युवाहरुको पलायन रोक्न एउटा ठुलो चुनौति नै हो । यो समस्याको विकल्पमा स्थानिय युवा क्लवहरु वषौदेखी लागिपरेको देखिन्छ । जसको एउटा उदाहरण हो झरना युवा क्लव ।
विहादी गाउँपालिका वडा नं. ५ उरामपोखरा, पर्वत स्थित झरना युवा क्लव बिगत २३ वर्ष देखी सामाजिक काममा तत्पर छ । गाँउ विकाश, लोप हुन लागेका संस्कृतिको जगेर्ना तथा युवा पलायनमा रोकथाम यस क्लवका प्रमुख एजेन्डाहरु रहेका छन् ।
यस क्लवले बार्षिक रुपमा संचालन गर्दै आइरहेको वार्षिकोत्सव कार्यक्रम यस वर्ष पनि भब्य तथा सभ्य रुपमा सम्पन्न गरेको छ । क्लबले यसवर्ष खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगत भलिबल तथा नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।
जस अन्तरगत भलिबल खेलमा पर्बत, स्याङ्जा, गुल्मी, वाग्लुङ्ग, रुपन्देही लगायतका जिल्लाबाट २० टिम प्रतियोगी सहभागी भएका थिए ।
पुरस्कारहरु :
प्रथम पुरस्कार रु. ६२,००० मेडल तथा प्रमाणपत्र ।
द्वितिय पुरस्कार रु.४२,००० मेडल तथा प्रमाणपत्र ।
तृतिय पुरस्कार रु. ३२,००० मेडल तथा प्रमाणपत्र ।
बिजेता टोलीहरु:
सुर्योदय युवा क्लव, ग्यामी, स्याङ्जा ।
झरना युवा क्लव, उरामपोखरा, पर्बत ।
सुद्धोधन युवा क्लव, बुटवल, रुपन्देही ।
पुरस्कार सहयोग:
प्रथम पुरस्कार: बिहदी गाउँपालिका वडा नं. ५,
अन्य पुरस्कार: क्लव बिकाश कोष ।
अन्य सहयोग:
बिहादी गाउँपालिका रु. ७०,००० तथा एक भलिबल कोर्ट निर्माणको लागी लाग्ने खर्च ।