हुम्लामा भारी हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालक
हिमाली जिल्ला हुम्लामा बुधबार भारी हिमपात । हिमपातले यहाँको जनजीवन प्रभावित भएको ।
डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा भएको हिमपात । हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।
डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा परेको हिउँ हेर्दै स्थानीयवासी । हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।
रातभर परेको अविरल वर्षासँगै राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात । चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिमपात भएको हो ।
तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका डोल्पाको नुर्क, सुरमा भारी हिमपातपछि जनजीवन प्रभावित । डोल्पाको ७० प्रतिशत भू–भाग हिउँले सेताम्य पारेको छ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा बुधबार बिहान भएको हिमपात । हिमपात र चिसोले म्याग्दीको लेकाली बस्तीको जनजीवन कष्टकर बनेको छ
मनाङ जिल्लाको सबै गाउँपालिकामा ७२ घन्टेदेखि भारी हिमपात । हिमपात कारण सवारी आवगमन ठप्प भएको छ भने तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ ।
भोजपुरको सुन्तलेस्थित बाघखोरमा परेको हिउँमा रमाउँदै आन्तरिक पर्यटक । माथिल्लो भेगमा एकदेखि डेढ फुटसम्म हिउँ परेको स्थानीयवासीले बताएका छन् ।