आजभोलि कपालमा कलर गर्नु सामान्य कुरा हो । किशोर अवस्थादेखि सबै उमेर समुहका महिला तथा पुरुष दुवैले कपालमा कलर गर्ने गर्छन् ।
कपाल कलर गर्दा सुन्दर र केहि उमेर कम देखिने हुनाले पनि हिजोआज कपालमा कलर गर्नेको संख्या बढ्न थालेको छ । तर कपाल कलर गर्दा ध्यान दिनु अतिआवश्यक हुन्छ ।
त्यसैले कपाल कलर गर्दा ध्यान दिनुपर्ने केहि कुराहरु निम्न रहेका छन् ।
-कुन ब्राण्डको कलर गर्ने ।
-कलर आफूलाई सुट गर्छ कि गर्दैन ।
-कलर गर्दा जहिले पनि कलर विषेशज्ञको निगरानीमा गर्ने ।
-कलर गरेपछि कपालमा हेयर ग्लास लगाउने जसले गर्दा कपालको रंग धेरै दिनसम्म बस्छ ।
-कपाल हल्का चिसो वा मनतातो पानीले धुने ।
-कपाल कलर गरेपछि छिटो छिटो धुनु हुँदैन ।
-कलर प्रोटेक्टिभ स्याम्पुको प्रयोग गर्ने । यसको प्रयोग गर्नाले कपालमा कलर लामो समय रहन्छ ।
-कपाल कलर गरिसकेपछि आफैले ओइल मसाज गर्ने ।