प्रायजसो धेरै मानिसहरुको मुख,जिब्रो तथा ओठहरुमा साना साना बिबिरा, फोकाफोकी आइरहने हुन्छ । यो समस्य धेरैले भोग्ने समस्या हो । कसैको जिब्रोमा त, कसैको ओठ, कसैको गिजामा यो घाउ आउने गर्छ । जसले गर्दा खाना खान, बोल्न समेत समस्या हुने, साथै लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाटीको ग्रन्थि सुनिने, दुख्ने समस्या पनि निम्तिन सक्छ ।
किन आउँछ घाउ ?
विशेष गरि शरीरमा पोषणको कमी भिटामिन बी,सी,आइरन तथा प्रोटिनको कमीले मुख,ओठ, तथा जिब्रोमा घाउ आउने गर्छ । त्यस्तै खाद्य विषाक्तता,सुर्ति,पानमसला, मद्यपान, र धुम्रपानका कारण ब्याक्टेरिया तथा फङगसको संक्रमण, बढि तातो र मसला, बढि अम्ल भएको खान पानको कारणले पनि मुख, ओठ, जिब्रोमा घाउ आउँछ ।
समाधान गर्ने उपायहरु :
-प्रशस्त मात्रामा पानी पिउने । तर बढि चिसो वा तातो नपिउने ।
-फलफूल तथा साग सब्जी चपाएर खाने ।
-मनतातो पानीमा पिटकिरी मिसाएर दिनमा कम्तीमा पनि ३ पटक कुल्ला गर्ने ।
- चिल्लो पदार्थ बढि मात्रामा नखाने ।
-बिहान-बिहान उम्रको गेडागुडी खाने ।
-घाउ भएको ठाउँमा मह लगाउने ।
-निमको पात चपाउने ।
-बदाम भिजाएर खाने ।
-पानीमा तुलसीको पात राखेर कुल्ला गर्ने ।
यसका साथै बाराम्बार समस्या भैइरहेमा चिकित्सकलाई देखाउने । किनकि विभिन्न रोगका कारण पनि मुख, जिब्रो तथा ओठमा घाउ आउने सक्छ ।