कृषि विकास वैक लिमिटेड शाखा कार्यालय कुश्मा, पर्वतको आयोजनामा २०७८ को बडा दशैंको अवसर पारेर गतआश्विन २७ गते कुश्मा नगरपालिका वडा नं ११ सिल्मी स्थित रानीस्वांरा आधारभुत विद्यालय र स्यानीपोखरी प्राथमिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सामग्री हस्तान्तरण गरिएको छ ।
कृषि विकास वैक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त विद्यालयमा अध्ययन गर्ने अधिकांश दलित समुदायका समेत विद्यार्थीहरुको प्रयोगको लागि उक्त सहयोग प्रदान गरिएको हो । उक्त कार्यक्रमका प्रमुखअतिथि एवं कृषि विकास वैक लिमिटेडका उपमहाप्रवन्धक प्रताप सुवेदी र कार्यक्रमकाअध्यक्ष एवं गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक घनेन्द्र अधिकारीले दुवै विद्यालयका प्रधानाध्यापकहरुलाई क्रमशः छुट्टाछुट्टै कार्यक्रमका विच संयुक्त रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । छुट्टाछुट्टै रुपमा सम्पन्न गरिएका उक्त कार्यक्रमहरुमा दुवै विद्यालयका प्रधानाध्यापकहरुले भविष्यका कर्णाधार विद्यार्थीहरुका लागि शैक्षिक सामग्रीको रुपमा कम्प्युटर र प्रिन्टर उपलव्ध गराएकोमा कृषि विकास वैकलाई धन्यवाद दिनुभयो ।
उक्त सामाग्रीहरु प्रदान गरेकोमा रानीस्वांरा आधारभुत बिद्यालयको तर्फबाट कृषि बिकास बैंक लि.लाई सम्मान पत्र प्रदान गरिएको थियो । कृषि विकास बैंक लि., गण्डकी प्रदेश कार्यालयका निर्देशक घनेन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमहरुमा प्रमुख अतिथि कृषिविकास बैंक लि. का उपमहाप्रवन्धक प्रताप सुवेदी, विशेष अतिथि गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ शाखा प्रमुख भीम प्रसाद सुवेदी तथा कुष्मा पर्वतका शाखा प्रवन्धक तुलसी पौडेल रहनुभएको थियो ।
प्रमुख अतिथिको रुपमा मन्तव्य राख्नु हुदै कृषि विकास वैक लि.केन्द्रिय कार्यालय काठमाडौका उपमहाप्रवन्धक प्रताप सुवेदीले कृषि विकास बैंक लि. कृषि क्षेत्रको विकासको लागि स्थापित भएको भएता पनि यसले ‘क’वर्गको वाणिज्य बैंकको रुपमा स्थापित भई विभिन्न क्षेत्रका जनताहरुको आर्थिक उत्थान गर्न र सामाजिक क्षेत्रको विकास गर्नको लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र यस्ता कार्यक्रमहरुबाट विभिन्न क्षेत्रका व्यक्तिहरु लाभान्वित हुँदै आएको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष निर्देशक घनेन्द्र अधिकारीले कृषि विकास बैंक लि. विगतमा नेपाल सरकारले कृषि क्षेत्रको विकास गर्न स्थापना गरेको वैक भएता पनि पछिल्लो समयमा बैंकिङ्ग क्षेत्रका संम्पुर्ण आधुनिक सुविधा सहितको तपाईं हाम्रो घर आंगनको वेैक को रुपमा स्थापित भएको, यो वैक नाफामुखी मात्र नभएर सेवामुखी पनि भएकोलेआफ्ना सम्पुर्ण बैंकिङ्ग कारोवारहरु यस वैकसंग गर्नुहुन अनुरोध गर्दै आफ्नो कार्यक्षेत्र प्रतिको दायित्व र जिम्मेवारी बोध गर्दै यो सहयोग गरिएको वताउनुभयो ।
सो कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरु साथै बिभिन्न विपन्न र उत्पिडीत समुदायका प्रतिनिधिहरुले सवैको कल्याण हुने कार्य गरेकोमा हर्ष प्रकट गरेका थिए र सवैको तर्फवाट कृषि विकास वैकलाई कृतज्ञता सहित धन्यवाद ज्ञापन गरेका थिए । उक्त दुवै कार्यक्रमहरुमा बरिष्ठ शाखा प्रमुख भीम सुवेदीले कार्यक्रमवारे प्रकाश पार्दै सम्पुर्ण सहभागिहरुलाई स्वागत र शाखा कार्यालय कुष्माका शाखा प्रवन्धक तुलसी प्रसाद पौडेलले वैकका सेवा सुविधाहरु वारे जानकारी गराउनुभएको थियो भने कृषि विकास बैंक लि. शाखा कार्यालय कुष्माका कार्यालय सहायक वद्रि नारायण पौडेलले कार्यक्रम संचालनगर्नुभएको थियो ।