काठमाण्डौ, आश्विन १३, (सामाजिक सञ्चार):
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले अश्विन २० २०७८ बाट आम जनतालाई प्रारम्भिक सार्वजनिक प्रस्तावको रुपमा ९० करोड रुपैयाँको ९०,००,००० कित्ता सेयर जारी गर्ने भएको छ।
यस आइपिओ को समापन मिति २०७८ आस्विन २५ भनिएतापनी यो समय कार्तिक ३, २०७८ सम्म विस्तार गर्न सकिने देखिन्छ ।
प्रस्तावित ९०,००,००० कित्ता सेयर मध्य साधारण जनता को लागी प्रस्तावित कुल शेयरको ४% अर्थात् ३,६०,००० कित्ता कम्पनीका कर्मचारीहरुको लागी अलग राखिएको छ र आम जनता को लागी प्रस्ताव गरीएको कुल शेयर को ५% अर्थात ४,५०,००० कित्ता म्युचुअल फंड को लागी अलग राखिएको छ । बाँकी ८१,९०,००० कित्ता सेयर सर्वसाधारणका लागी हुन्।
यसमा कम्तिमा १० कित्ता देखी अधिकतम १०,००० कित्ता सम्म आवेदन गर्न सकिन्छ ।
कम्पनी द्वारा जारी पूँजी को १०% पहिले नै स्थानीयहरु लाई र १५% सामान्य जनता को लागी जारी गरीसकिएको छ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।