सामान्यतया धेरै मात्रामा तरल पदार्थ पिएको समयमा पिसाब बढी लाग्ने गर्छ । जुन सामान्य नै हो । तर छिटो छिटो पिसाब लाग्नुको कारण यो मात्र नभएर अरु थुप्रै कारण पनि हुन सक्छ । हामी शरीरका स-साना समस्यालाई बेवास्ता गर्ने गर्छन् । जस्तो कि छिटो-छिटो पिसाब लाग्नु पनि कुनै-कुनै व्यक्तिहरुमा सामान्य नभई गम्भीर समस्या पनि हुन्छ ।
पिसाब एक दिनमा ५ देखि ७ पटक सम्म आएको ठिकै हुन्छ किनकि यसबाट मृर्गौला स्वस्थ भएको मानिन्छ । तर दिनमा कम्तीमा पनि १० देखि १५ चोटि सम्म आयो भने त्यो स्वास्थका लागि खतरा पनि हुन सक्छ ।
सामान्य अवस्थामा पनि पटक पटक पिसाब लाग्छ भने, त्यसले शारीरक समस्याको पनि संकेत गर्दछ । त्यसैले यदि तपाईहरुलाई पनि यस्तो समस्या भएमा नजिकैको चिकित्सकलाई देखाउँनुहोस् । तर यसका साथ साथै केहि घरेलु उपायहरु अपनाउँदा पनि यो समस्याबाट छुटकारा पाउँन सकिन्छ ।
यस्ता छन् पिसाब छिटो लाग्ने समस्या कम गर्ने घरेलु उपायहरु :
-अनारको बोक्रालाई पिध्ने र त्यसमा ५ ग्राम पानी मिसाएर पिउने । यसरी दैनिक रुपमा खानाले छिटो छिटो पिसाब लाग्दैन ।
-मेथीको धुलोमा अदुवा, मह र पानी मिसाएर दिनमा २ देखि ४ पटकसम्म पिउँदा पिसाब कम लाग्छ ।
-दहीमा प्रोबायाटिक ब्याक्टेरिया हुने हुनाले दहीको सेवन गर्नाले शरीरमा किटाणु बढ्न दिंदैन ।त्यसैले दैनिक रुपमा दहि खानाले छिटो छिटो पिसाब लाग्दैन ।
-तिलसँग सक्खर वा ज्वानो मिसाएर खाने ।
-तीन चारवटा तुलसीको पातमा एक चम्चा मह मिसाएर खाली पेटमा खाने यस्ले पिसाब छिटो लाग्ने समस्या हराउँछ ।