काठमाडौँ: नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी तथा सेवाग्राहीका लागि थप सुविधाजनक व्यवस्था गर्दै भक्तपुर इन्टरनेस्नल हस्पिटलसँग छुटसम्बन्धी सम्झौता गरेको छ।
सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता भएका ग्राहकहरूले भक्तपुरको कौशलटारमा अवस्थित भक्तपुर इन्टरनेस्नल हस्पिटलमा उपचार गराउँदा लाग्ने विभिन्न स्वास्थ्य सेवाहरूमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउनेछन्।
सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख श्री विश्वराज भण्डारी र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रामजी कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने OPD, Gyno & fertility, Diagnostic and Nutrition & Medical facility along with Endoscopy, Colonoscopy, ECG, EEG, Pulmonary Function Test, FNAC/Biopsy, X-ray, Ultrasound, Doppler, Liver Health, Heart Health, Kidney health, Brain or Neuro Health and Urology, General Physical Checkup, ECHO, Nuclear Cardiology Test, Dental, Minor & Major Operation,OPD, Gyno & fertility, Diagnostic and Nutrition & Medical facility along with Endoscopy, Colonoscopy, ECG, EEG, Pulmonary Function Test, FNAC/Biopsy, X-ray, Ultrasound, Doppler, Liver Health, Heart Health, Kidney health, Brain or Neuro Health and Urology, General Physical Checkup, ECHO, Nuclear Cardiology Test, Dental, Minor & Major Operation, जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन्।