काठमाडौं: गैर आवासीय नेपाली संघ (NRNA) को आगामी अधिवेशनको तयारी वर्तमानमा तीव्र गति संग अघि बढिरहेको छ। यो संघले विश्वभरका नेपाली दाजुभाई दिदीबहिनीहरूको साझा आवाज र अभिव्यक्ति प्रस्तुत गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
NRNA, जसको स्थापना नेपालको परिप्रेक्ष्यमा गैरआवासीय नेपालीहरूको हित र समस्याहरूको समाधानको लागि गरिएको हो, आज संसारभरि नेपाली समुदायको एकता र समृद्धिका लागि एक महत्वपूर्ण संस्था बनेको छ।
पूर्व (NRNA) अध्यक्ष रबिना थापाले यस संघको गरिमा र प्रतिष्ठा जोगाई राख्नु र यसको भविष्यलाई अझ सशक्त बनाउनु हाम्रो सबैको साझा दायित्व रहेको बताउनु भयो । थापाले यस कारणले नेपाली समुदायका सबै सदस्यहरूलाई NRNA को सदस्यता लिनको लागि आह्वान गर्नुभएको छ । सदस्यता लिनु भनेको यस संस्थाको निर्णय प्रक्रियामा सक्रिय भागीदार बन्नु हो, जसले हामीलाई संगठित र प्रभावशाली बनाउने थापा भनाई छ।
अधिवेशनको तयारीसँगै, सबै सदस्यलाई नेतृत्वका लागि मतदान गर्ने अवसरको प्रावधान लागू गरिने अवस्थामा पुगेको छ। थापा भन्नुहुन्छ मैले लामो समयदेखि यस कार्यको लागि निरन्तर आवाज उठाउँदै आएको थिएँ, र आज यस व्यवस्थाको कार्यान्वयनको आधार तयार भइसकेको छ। अब सदस्यहरूले NRNA को नेतृत्व चयनमा प्रत्यक्ष सहभागिता जनाउन सक्नेछन्, जसले संस्थाको भविष्यको दिशा तय गर्नेछ।
आफ्नो आवाजलाई उठाउनु र यस संघको निर्णय प्रक्रियामा सहभागी हुनु हामी सबैको जिम्मेवारी हो। प्रत्येक सदस्यलाई आफ्नो अधिकार प्रयोग गर्ने अवसर प्राप्त हुनु भनेको संस्थाको विकास र प्रगतिको लागि एक महत्वपूर्ण कदम हो। यस नयाँ व्यवस्थाले NRNA लाई थप लोकतान्त्रिक, पारदर्शी र प्रगतिशील बनाउने उहाँको विश्वास छ ।
पूर्व अध्यक्ष थापाले संसारभर रहेका सबै नेपाली दाजुभाई दिदीबहिनीलाई NRNA को सदस्यता लिनको लागि अनुरोध गर्नुभएको छ। हामी सबै मिलेर हाम्रो संस्थालाई अझ बलियो, सम्माननीय र प्रभावशाली बनाउन सक्छौं। यस्ता अवसरहरू संस्थागत सुधार र एकता निर्माणका लागि महत्त्वपूर्ण छन्, र यसमार्फत हामी गैरआवासीय नेपालीहरूको अधिकार र आवाजलाई अझ मजबुत बनाउने उहाँ बताउनु हुन्छ ।