प्रिय पाठक, विज्ञापनदाता, ग्राहक, कर्मचारी, तथा सम्पूर्ण शुभेच्छुकज्यूहरू, आज सामाजिक सञ्चार आफ्नो पाँचौं वार्षिकोत्सव मनाउँदैछ। यो पाँच वर्षको यात्रामा तपाईंहरूको विश्वास, साथ, र सहयोगले नै हामीलाई यहाँसम्म ल्याइपुर्याएको छ।
एक सानो प्रयासबाट सुरु भएको हाम्रो अभियान आज एक सशक्त सञ्चार माध्यमको रूपमा स्थापित हुन सफल भएको छ, जसको सम्पूर्ण श्रेय तपाईंहरूकै निरन्तर समर्थनलाई जान्छ। हामी सत्य, तथ्य, र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिबद्ध छौं।
सरकार, गैरसरकारी संस्था (NGO/INGO), वित्तीय क्षेत्रका प्रतिष्ठान, व्यवसायिक साझेदार, विज्ञापनदाता, पाठक तथा सम्पूर्ण सरोकारवालाहरूको साथ र सहकार्यले हाम्रो हौसला बढाएको छ। साथै, हाम्रो समर्पित टिमको कठिन परिश्रम र तपाईंबाट पाएको विश्वास नै सामाजिक सञ्चारको सफलताको मुख्य आधार हो।
यस ऐतिहासिक अवसरमा, हाम्रो यात्रालाई अझ मजबुत बनाउने हरेक व्यक्तित्वलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। आगामी दिनहरूमा पनि तपाईंहरूको निरन्तर साथ, विश्वास, र सहयोगले सामाजिक सञ्चारलाई नयाँ उचाइमा पुर्याउनेछ भन्ने दृढ विश्वास लिएको छु। समाजिक सञ्चारको उज्ज्वल भविष्यको कामना गर्दै,
प्रबिन भुसाल अध्यक्ष, सामाजिक सञ्चार