काराकास, २६ पुस
सन् २०१३ देखि सत्तामा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले शुक्रबार तेस्रो कार्यकालका लागि सपथ लिनुहुनेभएको छ।
बिहीबार काराकासमा सपथ ग्रहणको विरोधमा प्रदर्शनको नेतृत्व गर्नुभएकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई र्यालीपछि केही समयका लागि हिरासतमा लिइएको उहाँको समूहले जनाएको छ।
सरकारले उहाँलाई पक्राउ गरिएको भनी आएका समाचारको खण्डन गरेको छ।
हालै, अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जुलाई २८ मा भएको निर्वाचनमा मादाडो र एडमण्डो गोन्जालेज उरुटियालाई ‘स्वतन्त्रता सेनानी’को संज्ञा दिनुभएको छ भने उहाँहरूको सुरक्षा हुनुपर्ने बताउनुभएको छ।
रिपब्लिकन नेता ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेख्नुभएको छ, “उहाँहरूको सुरक्षा सुनिश्चित हुनुपर्छ।”
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले मादुरो सरकारविरुद्ध अलोकतान्त्रिक कार्यका लागि दण्डात्मक कदम लिँदै उहाँ र भेनेजुयलाका केही उच्च पदस्थ अधिकारीविरूद्ध प्रतिबन्ध लगाउनुभएको थियो।
ट्रम्पको उत्तराधिकारीका रूपमा आउनुभएका जो बाइडेनले यी प्रतिबन्धलाई आंशिक रूपमा हटाउनुभएको थियो । यद्यपि, पछि बाइडेनको नेर्ततवमा नै ती प्रतिबन्धलाई पुनः लागू गरिएको थियो। ट्रम्पको अर्को कार्यकालमा यसलाई कडा बनाउन सकिने अनुमान विश्लेषकहरूले गरेका छन् ।(रासस/एएफपी)