काभ्रे :‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मुल नाराका साथ तेमाल गाउँपालिका वडा नं. २ मा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।
वडा नं. २ को आर्थिक सहयोगमा राइजिङ स्टार फुटबल क्लब डाँडागाउँद्धार आयोजना गर्न लागेको उक्त प्रतियोगितालाई खुल्ला प्रतिस्पर्धा गर्ने भएको छ ।
तामाङहरुको राष्ट्रिय पर्व ल्होछारको अबसर पारेर यहीँ आउदो माघ ११ गतेबाट तेमाल-२ स्थित गोठडाँडा सिमलचौर खेल मैदानमा फुटबल प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा प्रथम हुने क्लबलाई रु ५५,५५५/- कप, मेडल र प्रमाणपत्र दोस्रो हुने क्लबलाई ३३,३३३/- मेडल र प्रमाणपत्रको व्यवस्था गरेको छ ।
आयोजक टिमले प्रतियोगितामा दर्ता शुल्का ५०००/- राखेको छ भने टिम दर्ता माघ ८ गतेसम्म मात्र गर्न पाउने छ । वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य एवम् पुर्व मन्त्री रत्न ढकालले उद्घाटन गर्ने आयोजक टिमका निरोज तामाङले बताए ।
अगिल्लो प्रथम वडा अध्यक्ष कपमा केही प्राविधिक त्रुटिको कारण विवाद भएकोले यस पटक सबै त्रुटिहरुबाट पाठ सिक्दै विवाद रहित प्रतियोगिता सम्पन्न गर्ने विश्वास आयोजक टिमले लिएको छ ।
विशेषगरी स्थानीय प्रतिभावान खेलाडीहरुको पहिचान तथा युवाहरूमा एकताको महत्त्व स्थापित गर्ने उदेश्यले आयोजक टिम राइजिङ स्टार फुटबल क्लबले लामो समयदेखि खेलसंग सम्बन्धित विभिन्न गतिविधि गर्दै आइरहेका छन् ।