रामेछाप : जिल्लाको उमाकुण्ड गाउँपालिकाले एकीकृत घुम्ती शिविर सम्पन्न गरेको छ ।
जनतालाई सहज रूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले एकीकृत घुम्ती शिविर आयोजना गरेको हो ।
वडा नं. १ को वडा कार्यालय गुम्देल बाट शिविर शुभारम्भ गर्दै गाउँपालिकाले सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारालाई सार्थकता दिन र गाउँबासीको आवश्यकता तथा सेवा सहजताका लागि शिविर सञ्चालन गरिएको हो ।
पौष १ गते सोमवार वडा नं १ गुम्देल बाट शुरु भएको शिविरमा मा ३० वटा नागरिकता, ५७ वटा राष्ट्रिय परिचय पत्र विविरण संकलन, १– व्यवसाय दर्ता , १–व्यवसाय इजाजत पत्र, १–व्यवसायको पुजी वृद्धि, १ सम्झौता र १– (ख) वर्गको अपाङ्ग परिचयपत्र वितरण गरिएको भएको थियो।
शिविरको दोस्रो दिन वडा नं २ बाम्तीभण्डारमा सम्पन्न भएको शिविरबाट ३४ वटा नेपाली नागरिकताको प्रमाणपत्र, १०४, वटा राष्ट्रिय परिचय पत्र संकलन ,५ व्यवसाय दर्ता ,१ व्यवसाय विवरण संशोधन, १ व्यवसाय सञ्चालनका लागि इजाजत पत्र वितरण गरिएको थियो।
त्यसैगरि शिविरको तस्रो दिन वडा नं ३ कुभुकास्थलीमा सम्पन्न भएको शिविरबाट ६१ वटा नेपाली नागरिकताको प्रमाणपत्र, ८४ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन, त्यस्तै एक जनाले व्यवसाय दर्ता गरेका छन् भने एक जनालाई (क) वर्गको अपाङ्गता भएको परिचयपत्र वितरण गरिएको हो । शिविरमा वडामा सम्पन्न हुने ५ वटा योजनाको सम्झौता पनि भएको छ ।
शिविरको चोथो दिन वडा नं ५ प्रीतिमा सम्पन्न भएको शिविरबाट ६२ वटा नेपाली नागरिकताको प्रमाणपत्र, ७८ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन, १ जनाले व्यवसाय दर्ता, १ ख वर्गको अपाङ्गता र ३ वटा योजनाको सम्झौता भएको छ।
शिविरको पाचौँ दिन शुक्रबार वडा नं ४ प्रीतिमा संचालन भएको उक्त शिविर बाट ६० जना नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन। ८२ वटा राष्ट्रिय परिचय पत्र संकलन , १–व्यवसाय दर्ता, १–योजना सम्झौता , १– (ख) वर्गको अपाङ्ग परिचयपत्र वितरण गरिएको उमाकुण्ड गाउँपालिका ४ नम्बर वडा अध्यक्ष मानबहादुर सुनुवारले जानकारी दिनुभयो ।
यसैगरी शनिबार गाउँपालिकाको वडा नं ६ गुप्तेश्वरमा सञ्चालित शिविरमा १२४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । त्यस्तै ३९ वटा राष्ट्रिय परिचय पत्र संकलन, ४ योजना सम्झौता, एक जनाले व्यवसाय नामसारी गरेका छन् ।
शिविरको अन्तिम दिन वडा नं ७ भूजीमा सञ्चालित शिविरमा ४६ नेपाली नागरिकताको प्रमाणपत्र, ७१ वटा राष्ट्रिय परिचय पत्र संकलन, ४ योजना सम्झौता, १ व्यवसाय नविकरण भएको छ ।
स-सानो कामका लागि पालिकाको कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको ४ नम्बर वडा अध्यक्ष मानबहादुर सुनुवारले जानकारी दिनुभयो ।
शिविर पौष १ गते सोमबारदेखि शुरु भई ७ गते आइतबार सम्पन्न भएको हो ।
बाम्तीभण्डारमा केही राष्ट्रिय परिचयपत्र काे विवरण संकलन गर्न छुटेकाे र उक्त विवरण पुन संकलन गर्न ८ गते गाउँपालिकाले सहजिकरण समेत गरेकाे छ ।
शिविर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी, गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार , उपाध्यक्ष सावित्री सुनुवार, जनप्रतिनिधि, गाउँपालिका कर्मचारी, जिल्ला प्रशासन कार्यालय रामेछापको सक्रिय सहभागिता मा सम्पन्न भएको हो ।