रामेछाप: जिल्लाको उमाकुण्ड गाउँपालिकाले संचालन गरेको घुम्ती शिविरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ४ नम्बर वडा कमिटि प्रीतिले अपाङ्ग अशक्त तथा जेष्ठ नागरिकलाई सेवा लिन सहज होस् भन्ने हेतुले सेवाग्राहीलाई यातायातको व्यवस्था गरेको छ।
गाउँपालिकाको ४ नम्बर वडामा शुक्रबार संचालन भएको शिविरमा मैदाने, लाप्चाने,तनी, हुगा,गचेप्टे त्यसैगरी अफिसडाडा , पाखनथली,पाला, तेर्साबाटा ,डाडागाउँ, चण्डीस्थान, गैरिखर्क, बलखीका नागरिकलाई घुम्ती शिविर सम्म पुर्याएर सहयोग गरेको नेकपा माओवादी उमाकुण्ड गाउँपालिका ४ नम्बर वडा कमिटि अध्यक्ष मुकुन्द गौतमले जानकारी दिनुभयो ।
गाउँपालिकाले शुक्रबार संचालल गरेको उक्त शिविर बाट ६० जना नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन। ८२ वटा राष्ट्रिय परिचय पत्र संकलन , १–व्यवसाय दर्ता, १–योजना सम्झौता , १–(ख) वर्गको अपाङ्ग परिचयपत्र वितरण गरिएको उमाकुण्ड गाउँपालिका ४ नम्बर वडा अध्यक्ष मानबहादुर सुनुवारले जानकारी दिनुभयो ।
७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट प्रदान हुने सेवाहरूलाई वडा तहमै प्रदान गर्ने उद्देश्यले सोमबार वडा नं १ गुम्देलबाट एकीकृत घुम्ती शिविर प्रारम्भ गरेको हो ।