काठमाडौँ: मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा यहिँ मङ्सिर २६ गतेदेखि भारत भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देल भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फिर्ता हुनु भएको छ। प्रधान सेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्नु भएको हो ।

भ्रमणको क्रममा मंसिर २७ गते प्रधान सेनापति सिग्देललाई भारतीय महामहिम राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी ( Honorary Rank of General of the Indian Army) दर्जा प्रदान गर्नु भएको थियो।
भ्रमणको सिलसिलामा प्रधान सेनापति सिग्देल भारतको देहरादुनस्थितभारतीय सैन्य एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो। उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका अधिकृत क्याडेट प्रविन पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटहरु मध्येबाट सर्वोत्कृष्ट विदेशी शिक्षार्थीको रूपमा सम्मानित भएका थिए ।
प्रधान सेनापति सिग्देलले भारतका रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु भएको थियो।
सोही अवसरमा उनले भारतीय सेनाको दक्षिणी कमाण्ड अन्तर्गतकाएयर फोर्स स्टेशन, टाटा एडभान्स सिस्टम लिमिटेड लगायतका विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि भ्रमण गर्नु भएको थियो ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबिच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध थप सुदृढ हुनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण हुने विश्वास नेपाली सेनाले लिएको छ ।
