काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको सिन्धुलीगढीमा निर्मित ऐतिहासिक “सिन्धुलीगढी युद्ध संग्रहालय”को उद्घाटन गरेकी छिन् ।
नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा संग्रहालयको निर्माण गरेको हो । २०७६ साल कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले “सिन्धुलीगढी युद्व संग्रहालय” को शिलान्यास गरेका थिए ।
सिन्धुलीगढी युद्ध संग्रहालय “वृहत्तर सिन्धुलीगढी गुरु योजना” को महत्वपूर्ण अंश हो ।
यस क्षेत्रको ऐतिहासिक महत्वलाई कायम राख्दै व्यवस्थित र वृहत्तर विकास गर्दै सेनाले पुरातत्त्व विभाग, पर्यटन वोर्ड र कमलामाई नगरलाई यस गुरुयोजना निर्माण गरी हस्तान्तरण समेत गरेको छ ।
जसमा आगामी दिन निर्माण हुने सम्पुर्ण भौतिक संरचना सोही योजनामा आधारित रहेर व्यवस्थित निर्माण हुने अपेक्षा गरिएको छ ।संग्रहालयको निर्माणले हाम्रो गौरवमय इतिहासमार्फत हाम्रो राष्ट्रिय एकतालाई महत्त्व दिनेछ भने राष्ट्र हितकालागी राष्ट्रियप्रेमी र अनुशासित पुस्ता निर्माण गर्न प्रेरणा पुर्याउने अपेक्षा गरिएको छ ।
वि. स १८२४ असोज २५ गते आधुनिक नेपालका प्रेरणा पृथ्वीनारायण शाहको वुद्विमतापूर्ण राजनीतिक सोचका साथै कुशलताका कारण शक्ति सम्पन्न इष्ट ईन्डिया कम्पनिका विशाल फौजको आक्रमणलाई विफल पारेको थियो । यस संग्रहालयमा तिनै महत्त्वपूर्ण विषयहरु समावेश गरेर तत्कालीन इष्ट ईन्डिया कम्पनीसग भएको लडाइँको मुख्य घटनाक्रम डकुमेन्ट्री, नक्सा, तत्कालीन समयमा प्रयोग भएको हातहतियार, दस्तावेज , मोडल आदिमा प्रतिविम्ब उजार गरेको छ ।
तस्वीरहरु-रासस