काठमाडौँ । काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेट (केसीसीएस)ले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।
काठमाडौँ महानगर- १३ सोल्टिमोडमा अवस्थित उक्त कलेजले एक भव्य कार्यक्रमकाबीच विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको हो ।
कार्यक्रम स्कुल/कलेजका निमित्त प्रिन्सिपल तथा एकेडेमी डाइरेक्टर टंकप्रसाद गैरेको सभापतित्वमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. राजेद्रप्रसाद चापागाईं, कलेजका सल्लाहकार तथा सह-प्राध्यापक खोम राज खरेल, प्रशासनिक प्रमुख सिताराम नेपाल, कक्षा ११ र १२ का कोर्डिनेटर राजन श्रेष्ठ, कलेजका प्लानिङ हेड महेस घर्ती, कलेजका आर्थिक निर्देशक राहुल यादव, स्कुलका भाइस प्रिन्सिप राजकुमार श्रेष्ठ, इसिए इन्चार्ज रोहित दियाली, काउन्सिलर इन्चार्ज मिलन राई, एडमिन अफिसर बन्दना अधिकारी लगाएत बिभागीय प्रमुखहरु, शिक्षक, कर्मचारी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम कलेजका +२ कोर्डिनेटर राजन श्रेष्ठले संचालन गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा विशेष अतिथीको रुपमा आउनुभएका त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. राजेद्रप्रसाद चापागाईंले विद्यार्थीहरुलाई उत्प्रेरक मन्तव्य दिनुभयो ।
काठमाडौँ कलेज अफ सेम्ट्रल स्टेटको शैक्षिक वातावरण अत्यन्तै उत्कृष्ट भएकोले नतिजा समेत उत्कृष्ट आउने गरेको धारणा ब्यक्त गर्नुभयो ।
एसोसिएट प्रोफेसर डा. चापागाईंले अहिले विद्यार्थीहरु मानिसहरुलाई इलेक्टि्रकल डिभाइसले कृतिम बनाउदै गरेको र सिर्जना गर्ने क्षमता ह्रास हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै पढ्ने संस्कृतिको विकास गर्नुपर्ने र विद्यार्थीहरुले नपढिकन उपलब्धी हाँसिल गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।
'समय सबै भन्दा महत्त्वपूर्ण कुरा हो । विद्यार्थीहरुले समयमै मिहेनत गरे हरेक कुरा सम्भव छ । त्यसैले आफ्नो क्षमतालाई सहि ठाउँमा प्रयोग गर्यो भने तपाईं ठूलो मान्छे बन्न सक्नुहुन्छ,' चापागाईंले भन्नुभयो ।
डा. चापागाईंले समाजमा विभिन्न किसिमका मानिसहरु हुने भएकोले राम्रो संगतमात्रै गर्न उहाँले विद्यार्थीलाई सुझाव दिनुभयो । साथै हामीले सकारात्मक सोचबाट अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले स्वयं ब्यक्तिमा धेरै खुबी हुने तर आफुलाई अरुसंग दाँज्दा समस्या आउने भएकोले आफुलाई अरुसंग नदाँज्न सुझाव दिनुभयो । साथै विद्यार्थीहरु बिदेश जाने मानसिकताबाट टाढा रहनुपर्छ भन्दै आफ्नै देशमा उद्धम गर्नुपर्ने बताउनुभयो ।