काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठन शिक्षा विभागीय कार्य समितिको आयोजनामा सहिद मनोज- झपेन्द्र- सुरेन्द्र स्मृति दिवसको अवसरमा अटिजम भएका बालबालिकाका लागि खाद्य सामग्री वितरण गरिएको छ ।
यही श्रावण ११ गते विशेष स्कूल तथा पुनर्स्थापना केन्द्रको मुख्य कार्यालय, (वुद्व मार्ग, शान्तिचोक), नरेफाँट, काठमाडौँमा अटिजम भएका बालबालिकाहरूका लागि खाद्य सामग्री वितरण गरिएको संगठनका अध्यक्ष शिवराज पोख्रेलले बताउनुभयो ।
उक्त संस्थाका संस्थापक सदस्य एवम् कार्यकारी निर्देशक सविता उप्रेतीले हाल ६० जना अटिजम भएका बालबालिकालाई पढाउने, सिकाउने, थेरापी गराउने, इत्यादी कार्य गर्दै आउनुभएको थियो । सोही कार्य देख्दा आफूहरुलाई ज्यादै खुसी लागेको बताउँदै उहाँको यो मानवीय तथा सामाजिक सेवामा हामीले थोरै सहयोग गरी एक इट्टा थप्ने प्रयास स्वरुप ती बालबालिकालाई दाल, भत खुवाउन दाल, चामल, तेल, मसला, चिनी, चिउरा, चना, केराउ इत्यादी सहयोग गरी उहाँको कार्य प्रति हार्दिक आभार प्रकट गरिएको पोख्रेलले बताउनुभयो ।
उक्त कार्यक्रमका प्रमूख अतिथि लेखनाथ कोइराला हुनुहुन्थ्यो ।