काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ शालिग्रामको आज जुन १ गतेका दिन पदभार हस्तान्तरण तथा ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
आज सितापाइल काठमाडौँमा एक कार्यक्रमकाबीच संस्थाका पूर्वअध्यक्ष तारकबहादुर कुँवरले वर्तमान अध्यक्ष नारायणप्रासद शर्मालाई माइनटलगायत सामग्री बुझाउँदै पद तथा जिम्मेवारीको हस्तान्तरण गर्नुभएको हो ।
साथै, संस्थाको प्रथम उपाध्यक्षमा विनोदशर्मा घिमिरे निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा हरिप्रसाद आचार्य निर्वाचित हुनुभएको छ ।
सचिवमा प्रबिन भुसाल निर्वाचित हुनुभएको छ । उहाँलाई निवर्तमान सचिव बेदप्रसाद भुसालले पदभार हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रमको प्रमुख अतिथि क्लस्टर चिफ पृथ्वीराज अर्याल हुनुहुन्थ्यो भने विशेष अतिथिमा रिजन चेयर पर्शन हुमाकान्त न्यौपाने र जोन चेयर पर्शन इश्वरी न्यौपाने हुनुहुन्थ्यो ।
यसैगरी, अतिथिहरूमा विनोद शर्मा घिमिरे, वेदप्रसाद भुसाल, खगेन्द्र दाहाल रहनुभएको कार्यक्रमको सञ्चालन प्रबिन भुसालले गर्नुभएको हो ।
लायन्स क्लब अफ इन्टरनेश्नल ३२५ आइ नेपालअन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ शालिग्राम हो ।
नयाँ कार्यसमितिको पहिलो बैठकले आगामी २२ शनिबार ललितपुरको युएनपार्कमा वृक्षारोपण गर्दै आफ्नो कार्याकालको आरम्भ गर्ने निर्णय गरेको छ ।
लायन्स क्लब अफ इन्टरनेश्नलको २०२४/२5 को 'ह्युम्यानिटी फस्ट' भन्ने मोटोलाई लायन्स क्लब अफ काठमाडौँले शालिग्रामले पछ्याउँदै विभिन्न खालका कार्यक्रमहरू वार्षिक रुपमा गर्ने र लायन्स क्लबलाई सक्रिय रुपमा अगाडि बढाउने नवनिर्वाचित पदाधिकारीको लक्ष्य रहेको बताइएको छ ।