वालचन्द्र शर्मा पौडेल,
पर्वत,फलेवाश,देविस्थान
१ जुलाई २०२१ को दिन विश्व महाशक्ति राष्ट्र चिन ले चिनीया कम्यूनिस्ट पार्टी को सत वार्षिकी समारोह एउटा भव्य समारोह का विच मनायो l चिनका राष्ट्रपति सि जिन पिङले राजधानी वेइजिङ स्थित तियानमेन चोक वाट हजारौ को उपस्थिती विच चिनले गरेका विकाश र प्रगती वारे सारा विश्व को ध्यान आकृष्ट हुने गरि सगौरव तथाङ्क हरु पेश गरे l
१०० वर्षको आरोह अवरोह का विच communist party of China ले गरेका आफ्ना गौरव पूर्ण इतिहांस लाई साक्षी राखेर चिन ले आगामी दिनमा तय गरेको आफ्नो गन्तव्य को एउटा चित्र पनि पेश गरे l यो हप्ता भरि चिन विश्व भरि चर्चा को सिखर मा छ l सि जिन पिङ्ग ले न केवल १०० वर्षको मात्रै चर्चा गरे वरु ५००० वर्ष पुरानो चिनीया सभ्यता र सस्कृती को जगमा आजको चिनको विकाश भएको कुरा दोहोऱ्याई रहे l
नेपाल का कम्यूनिस्ट हरु ले भन्छन नि विकाश को लागी क्रम भंगता अपरिहार्यता छ भनेर, सि ले निरन्तरता को जगमै विकास र संवृद्धि संभव छ भनेर संसार भरिका कम्यूनिस्ट हरु लाई सच्चिन को लागी सांकेतिक रुपमा आह्वान गरे l
सि जिन पिङ्ग अधिनायकवादी कम्यूनिस्ट भन्दा माथी उठेर आँफू लाई constructive communist बनाउन खोज्दै छन l जुन, आधुनिक विश्व को लागी आवस्यक विचार हो l तिनको उद्गार "चिनले क्रान्ती निर्यात गर्दैन, चिन भोक र गरिवी निर्यात गर्दैन, चिन तिम्रो टाउको दुखाई हुन आउँदैन l" वाट प्रस्ट झल्किन्छ उनी परम्परागत अधिनायक वादी कम्यूनिस्ट भन्दा भिन्न छन भनेर तर ब्यवहारमा पुरानो धङधङी अझै वांकी छ चिनमा र समग्र उनको ब्यक्तित्व मा l
जस्तो कि उनले आफूलाई
- अजिवन राष्ट्रपति तथा कम्यूनिस्ट पार्टीको प्रमुख बनि रहन सक्ने कानुन नै बनाए l
- पाकिस्तान र श्रीलंका मा विकाश को नाममा गरिएको लगानी ले ति मुलुक लाई पराधिनताको वाटोमा डोऱ्याई रहेका छन l
- वहुचर्चित Belt and Road initiative परियोजना ले के उनको भनाई लाई समर्थन गर्ला ?
- अध्यक्ष माओ ले अधि सारेको ! तिब्बत हत्केला र लद्धाक, नेपाल, सिक्किम, भुटान र अरुणाचल प्रदेश पांच औला भन्ने Doctrine लाई पुनरपरिभाषित गर्न सक्छन ?
- ताइवान , हङकङ्ग, मकाओ हरुको मनोविज्ञान बुझेर उनीहरुको माग संवोधन गर्न सक्लान ?
- स्वतन्त्र पत्रकारिता को सिद्धान्त स्वीकार गर्न सक्लान ? यि र यस्तै दर्जनौ सवालहरु को उत्तर दिएर तथा ब्यवहार गरे मात्रै अहिले चिनले गरेको प्रगती , विकास र संवृद्धि ले सार्थकता पाउला l