पर्वत ।
प्रदेश सरकारको प्राथमिकतामा पर्वतको बिकास । नयाँ सरकार गठन भए संगै पर्वतको बिहादीमा लोकप्रिय कार्यक्रम तर्जुमा र रकमान्तर भएका छन। नेपाली कांग्रेस केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशिको पहलमा श्री बिस्वकर्मा मन्दिर तथा समाज भवन निर्माण कार्य को लागी पर्बत जिल्ला बिहादी गा.पा. वार्ड नम्बर ६, शालिग्राम माझ्गाउं स्थित श्री बिस्वकर्मा मन्दिर तथा समाज भवन निर्माण को लागी प्रदेश सरकार बाट तीस लाख ३००००००/- रुपैया बिनियोजीत भएको छ ।
गण्डकी प्रदेश सभा सदस्य माननीय ललितकला गुरुङको सहजीकरणमा ने.का. पर्बत जिल्ला कार्यसमिति सदस्य तथा बिहादी गाउँपालिका २०७४ का उपविजेता, लोकप्रिय युवा नेता प्रविन गुरुङ ज्युको विशेष पहलमा गण्डकी प्रदेश को सरकार ले निम्न आयोजना हरु सम्बोधन गरेको छ।
१. पोखराचौर रानीपानी इमिचौर जोड्ने मोटरवाटो डिपिआर गरी कालोपत्रे गर्ने(काम सम्पन्न हुने गरी) बहुवर्षीय योजना,
२. बहुवर्षीय योजना अन्तर्गत विहादी गाउँपालिका ५ उरामको गेप्ताङ, भतेरपाटा, लुङरेङ र बराचौरको पूर्नगाउ, रास्कोट जोड्ने मोटरबाटो स्तरोन्नती,
३. बिहादि गाउँपालिका ५ उराम अन्तर्गत गौरादेवि मन्दिर निर्माण,
त्यस्तै किसानहरूको आवश्यकता अनुरूप निम्न सिँचाइ आयोजना प्रदेश सरकार बाट सम्वोधन भएका छन् ।
१. बिहादि १ बाच्छा, दुताउँदी सिँचाइ आयोजना,
२. बिहादि १ बाच्छा, बाच्छा कुलो सिँचाइ आयोजना,
३. बिहादि २ बराचौर, ढकाले कुलो सिँचाइ आयोजना,
४. विहादि ४ वाहाकी, लौके कुलो सिँचाइ आयोजना,
५. त्यस्तै बिहादि ४ वाहकी,अन्तर्गत अर्स्याउँदी माझकुलो सिँचाइ आयोजना को लागि बजेट विनियोजन भएको छ।
यस अघि नैं विहादी ६ सालीग्राम मा विश्वकर्मा मन्दिर तथा सामाजिक भवन निमार्ण को लागि बजेट विनियोजन भएको छ ।