वर्तमान समाज पुँजीवादी व्यवस्थाको उपज हो । हरेक कुराहरूलाई आर्थिक लाभ र हानीको नजरियाबाट हेर्नु यसको प्रमुख विशेषता रहन्छ । तर, यहीँ समाजमा कतिपत्र यस्ता पात्रहरू पनि छन्, जसले आर्थिक नाफा भन्दापनि जनस्तरको फाइदाको लागि काम गर्छन् । जसले केही हदसम्म आर्थिक नाफा त हुन्छ नै । ख्यातीसँगै जनताको माया र आशीर्वाद पनि कमाइरहेका हुन्छन् ।
यस्तै उदाहरणीय पात्र हुन्, समाजसेवी एवम् उद्यमी अर्जुनकुमार श्रेष्ठ । पर्वतमा जन्मिएका श्रेष्ठले अन्य व्यावसायसँगै ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा ल्याएर जनताको मनग्य आशीर्वाद र माया कमाइरहेका छन् ।
संस्थाका संस्थापक अध्यक्ष, एवम् परिकल्पनाकारसमेत रहेका श्रेष्ठ संस्थाभित्र संकट आइपर्दा निकास दिने एक कुशल व्यवस्थापक मानिन्छन् । देशमै अन्तर्राष्ट्रीय स्तरको गुणस्तरीय औषधि उत्पादनसँगै रोजगारीको अवसर शृजना गर्ने उदेश्यले सञ्चालनमा आएको छोटो समय मै स्वास्थ क्षेत्रमा राम्रो प्रतिक्रियासहित बलियो उपस्थिति ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको रहेको छ ।
'स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प' भन्ने मूल नाराका साथ स्थापित ओम मेगाश्री फर्मास्युटिकल्स सामूहिक लगानी भएको बृहत् योजनासहितको उद्योग भएको अध्यक्ष श्रेष्ठ बताउँछन् । आफूहरुको प्रतिस्पर्धा केबल गुणस्तरीय औषधी उत्पादन र जनसेवामा केन्द्रित रहने उनी बताउँछन् ।
यसका साथै सरल र सुलभ रुपमा आम जनताले आफ्नो सेवा पाउनु आफूहरुको प्रमुख उद्देश्य रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।
२०७३ साल जेठ ३० गते प्रालिका रूपमा सुरु भएको ओम मेगा श्री वि.सं. २०७५ मा पब्लिक कम्पनीका रूपमा रूपान्तरण भयो ।
कम्पनी आम समुदायको चासो र लगानी प्रवर्धनमा अग्रणी भूमिका निर्वाह गर्दै गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न कम्पनी क्रियाशील छ । नेपाली औषधि उत्पादन, वितरण र निर्यात व्यवस्थामा विशेष जोड दिँदै नेपाललाई औषधि उत्पादन र उपभोगमा आत्मनिर्भर राष्ट्र बनाउन संस्था सक्रिय छ ।
स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प ओम मेगाश्रीको मूल मर्म हो । यही मर्मका साथ स्थापित ओम मेगा श्री फर्मास्युटिकल्स मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधि उत्पादन कम्पनी हो ।
गैरआवसीय नेपाली, लामो समयदेखि औषधि व्यवसायमा रही सो क्षेत्रको विज्ञता हासिल गरेका उद्यमी व्यवसायी तथा विशेषज्ञ डाक्टरहरूले स्थापना गरेको ओम मेगा श्रीले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्दै औषधि उत्पादन सुरु गरेको छ ।
डेडिकेटेड एएचयू, अत्यधिक उत्पादन क्षमता, आधुनिक प्रविधिमैत्री डिपार्टमेन्टहरू र दक्ष जनशक्ति यस फर्मास्युटिकल्सका खास विशेषता हुन् ।
सुरुआती चरणमै ३ लाख २८ हजार ५२ वर्ग फिटमा फैलिएको ओम मेगा श्रीको अत्याधुनिक उत्पादन कारखाना नेपालका फर्मास्युटिकल्स क्षेत्रकै पहिलो भव्य कम्पनी हो । ओम मेगा श्री फर्मास्युटिकल्स लिमिटेडले प्रारम्भमा कार्डियो, डाइबेटिज, न्यूरोसाइकियाट्रिक र अन्य विशेष औषधिहरूको उत्पादनमा केन्द्रित छ ।
ट्याब्लेट, क्याप्सुल, ओइमेन्टस, पाउडरको उत्पादन सुरु भएको छ । आगामी दिनमा आई / इयर डूप, सेफा प्रोडक्ट्सका औषधिहरू ल्याउने योजनासाथ कार्य प्रारम्भ भइसकेको छ । कम्पनीले हालसम्म ५३ प्रकारका औषधिहरू उत्पादन गर्न अनुमति पाइसकेको छ । प्रारम्भमा विभिन्न किसिमका डेढ दर्जन औषधि बजारमा उपभोक्ताको सेवनका लागि तयार गरी सोको बजारीकरण कार्य सुचारु भइसकेका छन् । ओम मेगाश्रीको योगदानले स्वदेशी जडीबुटी, स्थानीय जनशक्ति एवम् प्रविधिको उच्चतम उपयोग गरी उत्पादनको दायरालाई समानुकूल वृद्धि गर्दै लैजाने छ ।
औषधि आयातलाई प्रतिस्थापन गर्दै देशभित्रको औषधि आवश्यकतालाई परिपूर्ति गर्न टेवा पुऱ्याउने, स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गरी दक्ष जनशक्तिलाई रोजगारीको पहुँच पुर्याउने यसको उद्देश्य रहेको छ ।