काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशिलतालाई बढवा दिन जरुरी रहेको बताएका छन्।
बुधवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले गरिबी न्युनिकरण,रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु,घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउदै साना तथा घरेलु उद्योग क्षेत्रको विद्यमान पुँजी,कच्चा पदार्थ,प्रतिष्पर्धात्मक क्षमता,बजारीकरण र दक्ष जनशक्ति लगायतका समस्या समाधानमा सरकार र व्यवसायीहरुले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनेले प्राकृतिक स्रोतको उपयोग समावेशी र समानुपातिक सहभागितामा मात्रै नभएर परम्परागत कृषिलाई औद्योगिक कृषिमा बदल्नेसमेत सघाउ पु¥याउने बताए।
देशमा महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठूलो संख्यामा स्वरोजगार सिर्जना गरेकाले यसको प्रवद्र्धनमा विशेष कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले महिला युवा र उद्यमीका लागि सहुलियतपूर्ण कर्जालाई प्रभावकारी बनाउनुपर्ने खाँचो रहेको धारणा राखेका हुन । उनले स्वदेशी वस्तु बिक्रीकक्ष स्थापना, स्वदेशी वस्तुबिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई महत्व दिनुपर्ने आजको आवश्यकता रहेको बताए।
उनले मुलुकमा औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशिलतालाई बढवा दिन जरुरी बताएका छन् । गरिबी न्युनिकरण,रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रको विद्यमान पुँजी,कच्चा पदार्थ,प्रतिष्पर्धात्मक क्षमता,बजारीकरण र दक्षजनशक्ति लगायतका समस्या समाधानमा सरकार र व्यवसायीहरुले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए।
उनले पुँजी पहुँचमा अहिले पनि घरेलु तथा साना उद्योगी मारमा परेको भन्दै सरकारले सुहलियतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याएर यस क्षेत्रको विकासमा सहयोग पु¥याउनुपर्नेमा जोड दिए ।
उनले देशमा उत्पादित वस्तुको प्रवद्र्धन गरी उद्योगहरुको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्थाको लागि आवश्यक संरचना बनाउन सरकारको ध्यान दिनुपर्ने बताए ।