काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा जाउँ हिँड रेसुंगा अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले समृद्धिले नै विकासका बहुआयामिक सम्भावनाहरूको नेतृत्व गर्ने बताए । सानो लगानीमा राम्रो प्रतिफल हासिल गर्ने क्षेत्र पर्यटन भएको उनको भनाइ छ ।
उनले पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताए ।
उनले गुल्मी जिल्ला र रेसुंगा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको पनि बताए। उनले पर्यटन क्षेत्रको विकासमा तीन तहकै सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे।
निजी, गैरसरकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा अझै पर्यटन क्षेत्रलाई अझै विस्तार गर्न आवश्यक रहेको बताए।
"वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरेको कुरा अवगत नै छ । त्यसमध्ये समृद्धि नै त्यस्तो क्षेत्र हो, जसले विकासका बहुआयामिक सम्भावनाहरूको नेतृत्व गर्दछ । गुल्मी जिल्ला र रेसुंगा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो । त्यसमध्ये सानो लगानी र राम्रो प्रतिफल हासिल गर्ने क्षेत्र पर्यटनको विकास नै हो । तसर्थ सरकारले उच्च प्राथमिकतामा राखेको समृद्धिको विषयमा केन्द्रित रहेर महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्नुभएकोमा यहाँहरूलाई धन्यवाद ज्ञापन गर्दछु," प्रधानमन्त्रीले भने ।