काठमाडौं । इलाम क्षेत्र नम्बर–२ को मतगणना जारी छ ।
पछिल्लो परिणामानुसार नेकपा (एमाले)का सुहाङ नेम्वाङले १३ हजार ९०० मत प्राप्त गरेका छन्। नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले ८ हजार ९ सय १४ मत प्राप्त गरेका छन्।
उनीहरुबीच ४ हजार ९सय ८६ मतान्तर छ ।
यस्तै तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उमेदवार (मुढा चुनाव चिह्न) डकेन्द्रसिंह थेगिमले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बू १ हजार ९ सय ४५ मतसहित चौथो स्थानमा छन् ।
इलाम–२ मा अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माइ नगरपालिकाको ६, ७ र ८ नम्बर वडाको मत गणना भइसकेको छ। देउमाइ नगरपालिकाको मतगणना भइरहँदा अहिलेसम्म त्यहाँ ३४ हजार २६ सदर मत गणना भएको छ।
एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए।