काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले देश विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन्।
विश्वसम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनको सफलतासँगै संविधान सभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको उल्लेख गरे।
‘यसका लागि पहिलो शर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार भएको र जनताको आकाङ्क्षाबमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रूप दिन अनिवार्य रहेको बतमएका छन।
तनहुँसुर इतिहासै इतिहास बोकेको ठाउँ भएको तथा सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरु र स्मारकहरु लुकेर रहेको चर्चा गर्दै उनले तिनको खोजी गर्नु, संरक्षण गर्नु र प्रकाशमा ल्याउनु आफूहरूको प्रमुख दायित्व भएको धारणा राखे।
इतिहासको विविध कालखण्डमा आफ्नै किसिमको महत्व बोकेको तनहुँसुरको ऐतिहासिक कालमा मात्र नभई मुलुकमा राजनीतिक परिवर्तनको सन्दर्भमा गौरवपूर्ण भूमिका रहेको उनले उल्लेख गरे । उनले मुलुकका राजनीतिक परिवर्तनका लागि २००७ सालको जनक्रान्तिको प्रारम्भसमेत यस जिल्लामा यसै ठाउँबाट गरिएको स्मरण गरे।
त्यतिखेर बन्दीपुरमा भएको सङ्घर्षमा राणा फौजको गोली लागेर छ सपुतहरू धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, सन्तबहादुर रानामगर, चन्द्रबहादुर सार्की र खड्गबहादुर गोदारले सहादत प्राप्त गरेका थिए । ‘विसं २०१८ मा धेरै सहिद भएमध्ये बुद्धसिंह रानामगर यसै क्षेत्रको भएको उनले हुन बाँकी छ’, उनले भने।
उहाँले यस क्षेत्रमा नेपाल सरकार वन मन्त्रालयले “भानु प्राणी उद्यान” योजना समेत अगाडि सार्नु प्रशंसनीय रहेको तर कार्यान्वयन पक्ष ढिलो भएको हुँदा यसप्रति सम्बन्धित निकायको ध्यान जाने र यो योजनाले साकार रूप लिने नै छ भन्ने विश्वास व्यक्त गर्नुभयो । देशकै गौरवका योजनामध्ये एक तनहुँ जलविद्युत योजना हाम्रो धेरै प्रयास पश्चात् आएको हो र अहिले कार्यान्वयनको चरणमा छ भन्दै उहाँले अर्को योजना तल्लो सेती जलविद्युत परियोजना समेत प्रारम्भ हुने चरणमा पुगेको उल्लेख गर्नुभयो ।
“विगतमा तनहुँसुर आफैमा एउटा प्राकृतिक किल्ला थियो , यसको ऐतिहासिक र रणनीतिक महत्व पनि छ, सिङ्गो नेपाल यस्तै रणनीतिक महत्वमा अडिएको र बाँचेको छ, यस्तै प्राकृतिक अवस्थाले नेपाललाई बचाएको छ”, उहाँले भन्नुभयो ।