काठमाडौं ; नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट काँग्रेस पछि नहटेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाली काँग्रेसका छानबिन समिति निर्माणले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरूमा पनि संसदीय छानबिन समितिहरू बन्ने गरेको जिकिर पनि गरे। छानबिनका लागि निर्दोष छु भन्नेहरु छानबिन समिति बनाउन किन तयार नहुनुभएकोर? उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो? भन्दै प्रश्न गरे।
उनले प्रश्न उठ्दैमा र आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने नभए पनि आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको भएको बताए।
पौडेलले सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अंगीकार गर्नुपर्ने ,भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको बताए।
उनले भने, ‘कुनै पनि घटना विशेषको तथ्यसत्य के होरु भन्नेकुरा खोजिनुपर्छ। प्रश्न उठ्दैमा आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने होइन। तर आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्यतथ्य बाहिर ल्याउने काम सरकारको हो। सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अंगीकार गरेको हुनुपर्छ।प्रश्न आफूलाई उठ्यो, त्यो कुराको वास्ता नगर्ने र अरुलाई प्रश्न उठाउने कुरा मात्रै सरकारमा बसेर स्वभाविक हुन सक्दैन। सुशासन पहिलो चाहना र आवश्यकता हो। सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्छ। भ्रष्टाचार अन्त्य गर्न आजसम्मका जतिपनि घटना छन्, काण्डहरु छन्, त्यसको छानबिन हुनुपर्छ, सत्यतथ्य बाहिर ल्याउनुपर्छ। निष्पक्ष ढंगले छानबिन हुने स्थिति हामीले सिर्जना गर्नुपर्छ।
उनले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरूमा पनि संसदीय छानबिन समितिहरू बन्ने गरेको जिकिर पनि गरे।