काठमाडौं : संघीय संसद् अन्तर्गतका सात संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको अर्थ समितिमा उजुरी छानबीन उपसमितिमा हालसम्म भएका कामकारबाहीको जानकारी सम्बन्धमा छलफल हुने कार्यसूची छ।
बैठक बिहान ११ बजे बोलाइएको छ। प्रतिनिधिसभाकै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेको कामकारबाहीका बारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संघीय संसद सचिवालयसँग सम्बन्धित विषय एवं दफाहरुका सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी राजमार्ग सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो २ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा यूएन सीईडीएडब्ल्यू कमिटीले नेपाल सरकारलाई जारी गरेको लिस्ट अफ इस्युज ९विषय सूची० मध्ये मानव बेचविखनसम्बन्धी र लैङ्गिक हिंसासम्बन्धी विषयमा छलफल हुनेछ ।
दिउँसो ३ बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सरकारी आश्वासन कार्यान्वयन अवस्थाको प्रगति सम्बन्धमा, सार्वजनिक नीतिको मस्यौदा, निर्माण र कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ।