काठमाडौं। भारतमा जारी एसएमएस फ्रेण्डसिप कप टी–२० प्रतियोगितामा नेपालले आज बरोडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । हिजोको भएको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो । भोलिको खेलमा नेपालले गुजरातसँग खेल्नेछ ।
शुक्रवार नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन् ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा र आकाश चन्द रहेका छन् ।