काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले इलाम क्षेत्र नं २ उपनिर्वाचनमा एमाले उम्मेदवार नै निर्वाचित हुने दाबी गरेका छन् ।
“निर्वाचन जित्न एमालेलाई धेरै कुराले सहज छ”, उनले भने, “राष्ट्रिय राजनीतिमा एमालेको भूमिका, जनाधार र उम्मेदवारकै कारण हामी यसपटक पनि इलाम-२ मा चुनाव जित्छौँ ।”
इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले इलाम क्षेत्र नं २ उपनिर्वाचनमा एमाले उम्मेदवार नै निर्वाचित हुने दाबी गरेका छन् । “निर्वाचन जित्न एमालेलाई धेरै कुराले सहज छ”, उनले भने, “राष्ट्रिय राजनीतिमा एमालेको भूमिका, जनाधार र उम्मेदवारकै कारण हामी यसपटक पनि इलाम-२ मा चुनाव जित्छौँ ।”
इलाम सदरमुकाममा पार्टी नेता–कार्यकर्तासँगको भेटमा ज्ञवालीले सत्ता गठबन्धन दलको साझा उम्मेदवार बनाउनेबारे छलफल भइरहेको पनि बताए । लोकतन्त्रप्रतिको निष्ठा र स्वाधीनताको लडाइँमा एमाले नेतृत्वको सरकारको भूमिका पनि उपनिर्वाचन विजयीका लागि बलियो आधार भएको बताए ।
ज्ञवालीले एमाले कुनै पनि स्वार्थबिना सरकारमा सहभागी भएको बताए । उनले भने, “इलाम २ मा नेता सुवासचन्द्र नेम्बाङले देख्नुभएको सपना पूरा गर्ने जिम्मा पनि हाम्रै भएकाले यसपटक एमालेलाई मतदाताले जिताउनुहुनेछ ।”
एमाले नेता सुवासचन्द्र नेम्बाङको गत भदौ १६ मा निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । एमालेले नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।