काठमाडौँ — सिटिजन्स बैंकले ‘ग्लोबल मनी विक’ को अवसरमा सातै प्रदेशमा आफ्ना २५ शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने मूल नाराका साथ गत चैत ५ देखि ११ सम्म सञ्चालन भएको ग्लोबल मनि विकमा बैंकले कार्यक्रम आयोजना गरेको हो ।
बैंकले कोशीको विराटनगर, बिर्तामोड, हल्दिबारी र महेन्द्र चोक, मधेशको विद्यापतिचोक, वीरगन्ज, कृष्णप्रणामी र राजविराज, वाग्मतीको थापाथली, थली, भरतपुर, हेटौंडा र सिनामंगल, गण्डकीको अमरापुरी र दमौलीमा कार्यक्रम गरेको हो ।
यस्तै, लुम्बिनीको भुताहा र बढैयाताल, कर्णालीको सुर्खेत, जुम्ला, डोल्पा र सिमकोटमा तथा सुदूरपश्चिमको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा पनि कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमबारे कार्यक्रममा जानकारी दिइएको बैंकले बताएको छ ।
कार्यक्रममा उपस्थित युवा तथा बिद्यार्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्त्वको बारेमा जानकारी दिइएको छ । यससँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो ।
नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ्ग प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।