काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले आयरल्यान्ड वल्भेसविरुद्धको २ खेलको टी-२० सिरिजको पहिलो खेलमा आज प्रतिस्पर्धा गर्दैछ।
नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ सँग आज पहिलो खेल खेल्दै छ।टियु मैदान कीर्तिपुरमा दिउँसो १ बजेदेखि सुरु हुने छ।
यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकाश चन्द रहेका छन्।
नेपाली राष्ट्रिय टिमले आयरल्यान्ड ‘ए’ सँग दुई टी-२० खेल खेल्ने छ।
आयरल्यान्डसँगको खेलपछि भारत भ्रमणमा निस्कने कार्यतालिका रहेको छ। भारतमा नेपालले राज्य स्तरीय टोलीसँग केही अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ।