उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा माग्ने प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूलाई जवाफ दिँदै चार वर्ष संसद् अवरुद्ध गर्न शुभकामना दिएका छन् ।
उनले ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि कांग्रेसलाई चुनौती दिए। उनले कांग्रेसलाई ४ वर्ष नै संसद गरिरहने र यही संयन्त्रले ४ वर्ष काम गर्न पाए अहिले संसदमा उपस्थित कांग्रेसका कतिपय सांसदहरु सांसद नै नरहने बताए। चिटिक्क परेर अनियमितता गर्ने कांग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गरे।
कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन भन्ने प्रश्नको जवाफले जनताले बुझेको पनि गृहमन्त्री लामिछानेले बताए ।
उनले भने, ‘एउटा पूरक, ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली कांग्रेस दुधले नुहाएको पार्टी हो की होइनरु भन्नेकुरा नेपाली जनताले बुझेका छन्। ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु। हामीले कामले जवाफ दिने हो। कांग्रेसले ४ वर्ष संसद अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले ४ वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता, सुशासन गर्नेरु’
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणमा लामिछाने जोडिएको भन्दै पदबाट राजीनामा दिनुपर्ने र यसबारे छानबिन गर्न संसदीय समिति गठनको मागसमेत गर्दै आएको छ ।