काठमाडौं – त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत मंगलबार भएको खेलमा नेपालले पिएनजीमाथि ८६ रनको जित निकालेको छ। यो जितसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
हङकङको मोङ कोक मैदानमा नेपालले दिएको १९९ रनको लक्ष्य भेट्न नसक्दा पिएनजी १६ ओभरमा सबै विकेट गुमाउँदै ८६ रनले पराजित भएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १९८ रन बनाएको थियो। नेपालले पिएनजीलाई १६ ओभर १ बलमा ११३ रनमै समेटेको हो।
पिएजीविरुद्ध नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट, प्रतिक जिसीले २ विकेट, गुलसन झा, आकाश चन्दले १/१ विकेट लिए।
पिएनजीका लागि हिरी हिरीको २८ रन, सेसे बाउले २१ रन, टोनी उराले १३ रन र नोसेना पोकानाले १२ को योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
पिएनजीका असाद भालाले २ विकेट र जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १/१ विकेट लिए ।
आइतबार बर्षाले खेल प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका थिए। हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा हङकङले ८ ओभरको समाप्तिमा २ विकेट गुमाएर ६५ रन बनाएपछि खेल प्रभावित भएको हो।
आजै पिएनजी र हङकङबीच पनि खेल हुनेछ। उक्त खेलमा विजेता टोली फाइनल प्रवेश गर्नेछ। फाइनल खेल बुधबार हुने कार्यतालिका छ।